बामदेव, नारायणकाजी र विद्या कुन पार्टीका सांसद ?

  २०७७ फागुन २३ गते १७:०२     विकासन्युज

काठमाडौं । नेकपा एकीकरणको बैधतामाथि प्रश्न उठ्ने गरी आएको सर्वाेच्च अदालतको आज फैसलाले केही सांसद कुन पार्टीका हुन् भन्ने अन्योल पनि बढाएको छ ।

फैसलापछि बेनामे बनेको सत्तारुढ दलको तर्फबाट राष्ट्रियसभामा सांसद बनेका बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र दिबंगत नेता रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद विद्या भट्टराई कुन पार्टीका सांसद हुन भन्ने प्रश्न उठेको छ ।

श्रेष्ठलाई आजदेखि बेनामे बनेको (फैसलाअघिसम्मको सत्तारुढ नेकपा) ले राष्ट्रियसभा सदस्य बनाएको थियो । यस्तै, सोही पार्टीले भट्टराईलाई प्रतिनिधिसभा सदस्य उठाएर चुनाव जिताएको थियो ।

तर, आज सर्वाेच्चले गरेको फैसलाले सत्तारुढ दललाई सहमतिमा कानुन अनुसार अर्काे एउटै पार्टीको नाम राख्न मिल्ने अवसर दिएको छ । तर, यसमा सहमति नभए पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनाउँदा पनि हुने भनेको छ ।

एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको पार्टीको अर्काे नाम राख्न सत्तारुढ दलका नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत तयार भएमा यी सांसद कुन पार्टीका हुन् भन्ने प्रश्न उठ्दैन । तर, यी दुबै दल पूर्ववत एमाले र माओवादी केन्द्र बनेको अवस्थामा भने यी सांसद कुन पार्टीका हुन् भन्ने प्रश्न उठ्नेछ । यद्यपि, गौतमलाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभाको सांसदमा मनोनित गरेकी थिइन् ।

सम्बन्धित समाचार

नेपाल, खनाल, गौतम, बादल, भट्ट, रायामाझी लगायतकाे सांसद पद धरापमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.