स्वणिर्म युनिभर्सिटीको नेपाल अफिस इस्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीमा

  २०७७ फागुन २३ गते १६:५०     विकासन्युज

काठमाडाैं । भारत अध्ययनार्थ जान चाहने विधार्थीहरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित, व्यापारी केन्द्र र अनुकूल वातावरणका कारणले बस्न लायक उत्कृष्ट शहरको रुपमा चिनिएको छ।

यसै विषयमा केन्द्रित रहेर इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले गुजरातमा अवस्थित स्वणिर्म युनिभर्सिटीलाई नेपालमा प्रवर्धन गर्ने भएको छ ।

यसै साता स्वणिर्म युनिभर्सिटीका भाइस प्रिसीडेन्ट आदी ॠषभ जैन, हेड अफ एड्मिसनस् अर्पित कुमार सोलन्की र इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर साकार साहीले संयुक्त रूपमा एक कार्यक्रमभीच स्वणिर्म युनिभर्सिटीको नेपाल अफिस समुद्घाटन गरेका थिए।

कार्यक्रममा स्वणिर्म युनिभर्सिटीका हेड अफ एड्मिसनस् अर्पित कुमार सोलन्कीले युनिभर्सिटीले विश्वभर मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरी युनिभर्सिटीले स्टार्टअप र इनोभेसनमा गरिएको उपलब्धिका बारेमा जानकारी दिए ।

यस्तै इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका निर्देशक साकार साहीले नेपालमा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले स्वणिर्म युनिभर्सिटीलाई नेपालमा प्रवर्धन गर्न पाउँदा निकै खुशी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.