कोरोनाको असर छोपेर पछाडि ठेल्दै बैंकिङ क्षेत्र

  २०७७ फागुन २३ गते १०:२५     अजय मिश्र

कोभिड–१९ बाट व्यवसायिक क्षेत्रमा व्यापक असर परेको छ भनेर सरकारले पनि स्वीकार गर्यो । तर सरकारको आर्थिक नीति र बजेटले कुनै राहात दिएन । मौद्रिक नीतिले ऋणिलाई केही सहुलियत दिने नीति ल्याए । कर्जा पुर्नसंरचना गर्ने र थोरै भएपनि व्याज छुट दिने नीति आयो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई केही हिस्सा व्याज छुट दिन निर्देशन दियो । बैंकहरुले माने । तर सरकारले त्यसको पूर्ति दिएन । त्यो कति उचित थियो ? कति अनुचित ? म यो विषयमा प्रवेश गर्न चाहान्न । बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निर्देशन अनुसार व्याज छुट दिए, त्यो नै ठूलो कुरा भयो ।

कर्जा पुर्नसंरचना अर्थात पुर्नतालिकिकरण कति भयो ? कति भएन ? पुस मसान्तसम्म बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणबाट यो देखिएको छैन । २०७६ पुस मसान्तको बैंकिङ क्षेत्रको कुल एनपीएलको तुलनामा २०७७ पुस मसान्तको कुल एनपीएल वृद्धि भएको देखिएन ।

यसलाई आधार मान्ने र विश्वास गर्ने हो भने नेपालको कोरोनाको असर देखिएकै रहेनछ । बैंकको खराब कर्जा वृद्धि नहुनु भनेको सबै ऋणीको व्याज तिर्ने क्षमता रहेछ भन्ने हो । हैन, उद्योग व्यवसायमा कोरोनाको असर परेको छ, उनीहरुको कमाई घटेको छ, कर्जाको व्याज तिर्न सकिरहेका छैनन, बैंकहरुले कर्जाको पुर्नसंरचना गरिरहेका छन् भन्ने हो भने एनपीएल वृद्धि हुनुपर्ने थियो । कुनै एक बैंक विशेषको वित्तीय रिपोर्टमा नगई कुल एनपीएल मात्र हेर्ने हो भने पुर्नसंरचना पनि भएको छैन । गत असार मसान्तमा पनि बैंकहरुको नाफा बढेकै हो । पुस मसान्तमा पनि थोरै भए नाफा वृद्धिदरमा नै छ । असार मसान्तमा पनि नाफा बढेको नै देखिने पक्का छ ।

यसको अर्थ कोरोनाको असर नपरेकै हो त ?

कोभिडको असरबाट बैकिङ क्षेत्रले पार पाईसकेको छैन । संकट अझ गहिरिन्छ । किनकि बैकिङ क्षेत्रको कुल कर्जा लगानीको करिव ४० प्रतिशत सेवा क्षेत्रमा मात्र छ । त्यसमा पनि सबैभन्दा बढी पर्यटन क्षेत्रमा छ । करिव ९ प्रतिशत हिस्सा पर्यटन क्षेत्रमा छ । करिव ८ प्रतिशत यातायातको क्षेत्रमा लगानी भएको छ । ठूलै रकम शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा लगानी भएको छ ।

कोरोनाको सबैभन्दा धेरै असर परेको पर्यटन क्षेत्र हो, संसारभर नै । हवाई, यातायात र होटल क्षेत्रले जति ठूलो नोक्सानी बेहोरेको छ, त्यो पूर्ति हुन धेरै वर्ष लाग्छ । कोभिडले स्वास्थ्य क्षेत्रमा पनि ठूलो असर पारेको छ । ६/७ महिना त अस्पताल पुरै खाली थिए । औषधि उत्पादकहरुले समेत ४० प्रतिशत औषधि बिक्री कम भएको जनाएका छन् । निजी क्षेत्रका शिक्षण संस्थाहरु पनि नराम्ररी प्रभावित भएका छन् । स्कूल, कलेजले शैक्षिक सत्रको अन्त्यसम्म अभिभावकबाट पैसा उठाउलान्, तर अहिलेसम्मको अवस्था हेर्दा स्कूल, कलेज, कन्सल्टेन्सी सबैको हालत खराव नै छ ।

उद्योगी व्यवसायीसँग कुरा गर्दा पनि स्थिति खराव भएको सुनाउछन् । नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्व बोलिरहेको छ–कर्जा तिर्न सकिएन । नेपाल उद्योग परिसंघका मान्छे बोलिरहेका छन्–व्याज तिर्न सकिएको छैन, कर्मचारीको तलव खुवाउन सकिएको छैन । मेरै संस्थामा हायर पर्चेजमा प्रोभिजन थपिदै गएको छ । पर्यटन क्षेत्र डुविरहेको हाम्रै आँखाले देख्न सकिन्छ । यस्तो वेमेल अर्थ हो कोरोनाको असर देखिएकै छैन, छोपेरे राखिएको मात्र हो ।

लोन रिस्ट्रक्चरिङ गर्दैमा ऋणीको कर्जा तिर्ने क्षमता वृद्धि भएको त हुँदैन । रिस्ट्रक्चरिङको समय थप्दै जाँदा, व्याजलाई सावामा परिणत गर्दै जाँदा बैंकको वासलात मात्र बढ्ने हो, विजनेश पनि बढ्दैन, नाफा पनि बढ्दैन । उद्योगी व्यवसायीको विजनेश पनि बढ्दैन, फाइदा पनि बढ्दैन । हामीले कोभिडको असरलाई पछाडि ठेल्दै लगेको मात्र हो । जुनदिन राष्ट्र बैंकले रिस्ट्रक्चरिङको सुविधा अन्त्य गर्छ, त्यसपछि बैंकिङ क्षेत्रले न समस्या छोपेर राख्न सक्छ, न पछाडि ठेल्न सक्छ । त्यसपछि सबै समस्या उजागर भएर आउनेछ ।

नेपाल राष्ट्र बैंकले कर्जा पुर्नसंरचना गर्न आगामी असार मसान्तसम्मको लागि समय दिएको छ । जब यस्तो सुविधाको समय सकिन्छ, तब कोभिडको असर देखिन्छ । त्यतिबेला असर झन ठूलो भएर देखिन्छ । हिजो १ करोडको धितोमा बैंकले ८० लाख कर्जा दिएको थियो । एक/ढेड वर्षको व्याज उठेन, पुर्नसंरचना गरेर १ करोड नै कर्जा भईसक्यो । धितो मूल्याङकनको १०० प्रतिशत कर्जा प्रवाह भईसक्यो । अब ऋणीले कर्जा तिरिदिएन भने बैंकले कसरी पुरै कर्जा उठाउन सक्छ ? लोन रिस्ट्रक्चरिङ गर्दैमा ऋणीको कर्जा तिर्ने क्षमता वृद्धि भएको त हुँदैन । रिस्ट्रक्चरिङको समय थप्दै जाँदा, व्याजलाई सावामा परिणत गर्दै जाँदा बैंकको वासलात मात्र बढ्ने हो, विजनेश पनि बढ्दैन, नाफा पनि बढ्दैन । उद्योगी व्यवसायीको विजनेश पनि बढ्दैन, फाइदा पनि बढ्दैन । हामीले कोभिडको असरलाई पछाडि ठेल्दै लगेको मात्र हो । जुनदिन राष्ट्र बैंकले रिस्ट्रक्चरिङको सुविधा अन्त्य गर्छ, त्यसपछि बैंकिङ क्षेत्रले न समस्या छोपेर राख्न सक्छ, न पछाडि ठेल्न सक्छ । त्यसपछि सबै समस्या उजागर भएर आउनेछ ।

भारतलाई पछ्याउने डर

कोभिड पूर्व भारतमा बैकिङ क्षेत्रको एनपीएल १० प्रतिशत थियो भने अहिले १५ प्रतिशत पुगेको छ । भारतमा एनपीएल यति धेरै हुनुमा भारतको ठूला उद्योगहरुले कर्जा नतिर्नु नै हो । भारतमा जस्तै नेपालको बैकिङ क्षेत्र पनि त्यो दिशामा जान लागेको हो कि भन्ने डर पैदा भएको छ । तसर्थ आउँदा दिन नेपालको बैकिङ क्षेत्रको लागि बढो चुनौतिपूर्ण हुनेवाला छ ।

उर्जा क्षेत्रमा गएको कर्जा लगानी, सिमेन्ट र स्टील उद्योगमा गएको कर्जा लगानीको जोखिम बढेको छ । उर्जामा हामी आत्मनिर्भर हुँदैछौं । निकट भविष्यमा ७/८ हजार मेगावाट जलविद्ययुत उत्पादन थपिदैछ । तर त्यसको बजारबारे अनिश्चितता नै छ । भारत र बंगलादेशसँग उर्जा व्यापार सम्झौता गरेर बजार विकासतर्फ यथेष्ट प्रयास भएको देखिदैन । यो ठूलो समस्याको रुपमा उदाउने जोखिम छ । बैंकले जलविद्युत क्षेत्रमा थप कर्जा लगानी गर्ने कि नगर्ने भन्नेमा चिन्ता गर्नुपर्ने अवस्था आईसकेको छ । जलविद्यत् परियोजना थुप्रै बन्छन भन्ने एजम्शनको आधारमा थुप्रै स्टील उद्योग र सिमेन्ट उद्योगले लगानी विस्तार गरे वा नयाँ खुले ।

जलविद्युत परियोजना निर्माणमा विराम लाग्यो भने सिमेन्ट र स्टील उद्योगहरु पनि जोखिममा पर्छन । त्यस क्षेत्रमा गएको कर्जा पनि जोखिममा पर्छ । कोभिड पूर्व भारतमा बैकिङ क्षेत्रको एनपीएल १० प्रतिशत थियो भने अहिले १५ प्रतिशत पुगेको छ । भारतमा एनपीएल यति धेरै हुनुमा भारतको ठूला उद्योगहरुले कर्जा नतिर्नु नै हो । भारतमा जस्तै नेपालको बैकिङ क्षेत्र पनि त्यो दिशामा जान लागेको हो कि भन्ने डर पैदा भएको छ । तसर्थ आउँदा दिन नेपालको बैकिङ क्षेत्रको लागि बढो चुनौतिपूर्ण हुनेवाला छ ।

प्रशस्त वेमेल

सरकारले राजश्व आम्दानी बढेको जनाएको छ । आयात बढेको छ । औपचारिक माध्यमबाट आउने रेमिट्यान्स बढेको छ । कोभिड कै बीचमा सरकारले ल्याएको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । तर केन्द्रीय तथ्याङ्क विभागको ताजा रिपोर्ट आएको छ, आर्थिक वृद्धिदर ४ प्रतिशत ऋणात्मक छ । सरकारी निकायका रिपोर्टहरु बीच पनि प्रशस्त वेमेलहरु छन् ।

संसद विघटनपछिको राजनीतिक आन्दोलनले कोभिडलाई पछारेको जस्तो देखिएको छ । बजारमा भीड पनि बढेको छ । फुटपाथमा मान्छे हिँडेका छन्, पसलमा ग्राहक छिरेनन् । भीड लाग्नु र अर्थतन्त्र चलायमान हुनु फरक कुरा हो । दुई वर्षसम्म नोक्सानमा गएको होटलले कसरी पूर्ति गर्ला ? एक वर्षसम्म कर्जाको किस्ता तिर्न नसक्ने यातायात व्यवसायीले कसरी थेरै नाफा आर्जन गरेर कसरी पुरानो नोक्सानीको परिपूर्ति गर्ला ? किन उद्योगी व्यवसायीको प्रतिनिधि मण्डल राहातको मागसहित विभिन्न मन्त्रालयहरुमा डेलिगेशन गईरहेका छन् ? कर्जा भुक्तानीको दृष्टिकोणबाट थुप्रै जोखिम छन् ।

नयाँ आशा

नयाँ कर्जा लगानीको दृष्टिकोणबाट केही आशालाग्दो संकेतहरु देखापरेका छन् । सेयरको मूल्य बढिरहेको छ । घर जग्गाको मूल्य बढिरहेको छ । त्यस क्षेत्रबाट नयाँ कर्जाको माग बढिरहेको छ । संघीयतासँगै ग्रामिण क्षेत्रमा आर्थिक गतिविधि बढेको छन् । नयाँ नयाँ ठाउँमा बस्ती विकास र साना साना सहरहरुको विकास भैराखेको छ । स्कूल, कलेज, अस्पताल खुलेका छन् । सानो सानो स्केलका उद्योग, व्यापार र सेवाजन्य व्यवसायको विस्तार भएको छ । त्यसले बैकिङ सेवाको माग पनि बढेको छ ।

संघीयताको बोनसले नयाँ कर्जाको माग बढेको छ । गाउँपालिका र नगरपालिकाका केन्द्रहरुमा, त्यस क्षेत्रका चौवाटाहरुमा आर्थिक गतिविधि बढेको छ । हिजो ४/५ वटा घर भएको चोकमा आज १५/२० वटा घर बनेको छन् । हिजो झुपडी घर थिए भने अहिले आरसीसी घर बनेको छ । बजारमा जस्तै त्यहाँका बालबालिका टाई लगाएर बस चढेर स्कूल जान थालेका छन् । एमविविएस गरेका डाक्टरहरुले त्यहि गएर औषधि पसल खोलिसके । हो, इकोनोमि त्यहाँ चलायमान भएको छ ।

संघीयताको बोनसले नयाँ कर्जाको माग बढेको छ । स्थानीय तहमा पुगेको वाणिज्य बैंकहरुले १ लाख, ५० हजार रुपैयाँको कर्जा दिन थालेको छ । यस्ता साना कर्जा बैंकका लागि सुरक्षित पनि छ । यसले देशको अर्थतन्त्रमा राम्रो योगदान पनि गर्छ । गाउँपालिका र नगरपालिकाका केन्द्रहरुमा, त्यस क्षेत्रका चौवाटाहरुमा आर्थिक गतिविधि बढेको छ । हिजो ४/५ वटा घर भएको चोकमा आज १५/२० वटा घर बनेको छन् । हिजो झुपडी घर थिए भने अहिले आरसीसी घर बनेको छ । बजारमा जस्तै त्यहाँका बालबालिका टाई लगाएर बस चढेर स्कूल जान थालेका छन् । एमविविएस गरेका डाक्टरहरुले त्यहि गएर औषधि पसल खोलिसके । हो, इकोनोमि त्यहाँ चलायमान भएको छ । त्यसले कर्जाको माग बढेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिले पनि रिटेल र एसएमईलाई प्रोत्साहित गरेको छ भने बैंकहरु पनि त्यतै गईरहेका छन् । वाणिज्य बैंकहरुले एक करोड रुपैयाँ भन्दा सानो रकमको कर्जा कुल कर्जाको कम्तिमा १५ प्रतिशत हुनुपर्छ भनिदियो । हिजोदेखि नै गाउँका घरघरमा रेमिट्यान्स भित्रदै आएको थियो । अहिले गाउँमा सडक बनाउने नाममा होस, स्कूल बनाउने नाममा होस्, हस्पिटल बनाउने नाममा होस् पालिकाहरुले केही खर्च गरेको छन् । स्थानीय तहमा रोजगारी वृद्धि पनि भएको छ ।

साना उद्योग तथा व्यवसाय विस्तार हुने र अर्थतन्त्रलाई त्यसले गतिशिल बनाउने एउटा आशालाग्दो सम्भावना छन् भने सरकारको तर्फबाट अन्तराष्ट्रिय सम्बन्धका आधारमा प्रर्वद्धित हुनु पर्ने उद्योगहरु जोखिममा पर्ने हुन् कि भन्ने डर छ । मुलतः भारत र बंगलादेशसँग उर्जा व्यापार सम्झौता गरी नेपालको जलविद्युत निर्यात गर्न सक्ने हो भने त्यसले बैदेशिक व्यापार घाटा परिपूर्ति गर्न पनि सघाउछ, नेपालको औद्योगिक विकास र संरक्षणमा पनि सहयोग पुग्छ ।

व्याजदरमा अस्थिरता

बैंकहरुको सम्पत्ति र दायित्वबीचको बेमेल अर्को ठूलो समस्या हो । बैंकहरुले कुल निक्षेपको ४५ प्रतिशत मुद्दतिमा लिएका छन् । त्यसको ९० प्रतिशत १ वर्षे मुद्दति छ । तर कर्जा लगानी १० वर्ष, १५ वर्ष, २५ वर्ष अवधिका हुन्छन् । निक्षेप छोटो अवधिको लिएर कर्जा लामो अवधिको प्रवाह गरिरहेका छन् । यसले बैंकको व्याजको बारेमा परिकल्पना नै गर्न नसक्ने बनाईदियो ।

परिणाम ३/३ महिनामा बैकिङ क्षेत्रमा तरलता अभाव वा अधिक हुने समस्या छ । यसले निक्षेपकर्ता र ऋणि दुबैलाई अस्थिरताको महसुश भएको छ । यतिबेला अधिक तरलता छ भने बैशाख देखि नै तरलताको अभाव हुने र व्याजदर वृद्धि हुने सम्भावना देखिन्छ । त्यतिबेला कर्जा र निक्षेप दुबैमा एक/ढेड प्रतिशत व्याजदर वृद्धि हुनसक्छ । यसरी व्याजदरमा हुने अस्थिरताले एकातिर बैंकलाई पनि अनावश्यक दवाव महसुश गर्नु परेको छ भने बजार पनि अस्थिर र जोखिमपूर्ण बनेको छ ।

(मिश्र युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.