चिनियाँ मोटरसाइकल नेपाल भित्रिदै, ब्राण्ड एम्बेसडरमा ‘कक्रोज’ नियुक्त

  २०७७ फागुन २२ गते १६:३७     विकासन्युज

काठमाडाैं । चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउन लागेको हो ।

कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हाँस्य टेलिश्रृङ्खलाका कलाकार हरिष निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ ।

कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा विक्री सुरु हुनेछ । हाल कम्पनीले प्रविधिक कामहरु गरिरहेको र चाँडै नै नेपालका विभिन्न सहरहरुमा साेरुम समेत स्थापना गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा २ मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपाली बजारमा विक्री सुरु गर्ने जनाएको छ । कम्पनीले दोस्रो चरणमा थप ४ मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउने जनाएको छ ।

कम्पनीका अनुसार जोङसेनका २ लाखदेखि ८ लाखसम्मका मोटरसाइकल नेपाल भित्रने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.