नेपालमै पहिलोपटक सामुदायिक विद्यालमा सम्भाव्य फाउण्डेसनद्वारा मनोपरामर्श कक्ष स्थापना

  २०७७ फागुन २२ गते १०:४३     विकासन्युज

काठमाडौं । नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना भएको छ । सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनापरामर्श कक्ष स्थापना भएको हो ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले उक्त विद्यालयहरुमा फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा मनोपरामर्श कक्ष स्थापना गरेको हो ।

गत मंगलबार दुई छुट्टाछुट्टै कार्यक्रमहरुबीच मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल तथा फादर जो थालरले ती कक्षहरुको उद्घाटन गरेका थिए । सामुदायिक विद्यालयहरुमा यस्तो खालको मनोपरामर्श कक्ष सहितको मनोपरामर्श सेवा नेपालमै पहिलो पटक भएको बताइएको छ ।

फाउण्डेशनले लकडाउनको समयमा पनि १ वर्ष निशुल्क टेलिफोनमार्फत परामर्श सेवा पनि संचालन गरेको थियो ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाउँदै आइरहेको छ ।

मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको संस्थाका सुपरभाइजर केशव श्रीष मगरले बताए ।

‘यसै अभियान अन्तर्गत नै हाम्रो फाउन्डेशनले हालसम्म सिन्धुपाल्चोक र काठमाडौंका विभिन्न १३ वटा विद्यालयहरुमा आफ्ना दक्ष मनोपरामर्शदाताहरुबाट वर्षैभरि नै नियमित रुपमा व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएका छौं,’ उनी भन्छन् ।

साथै यस्तो सेवा भविष्यमा क्रमशः अरु थुप्रै सामुदायिक विद्यालयहरुमा पनि पु¥याउँदै जाने लक्ष्य सम्भाव्यले राखेको पनि उनले बताए ।

उचित मनोपरामर्शको अभावमा वर्षेनी हजारौं किशोरकिशोरीहरु एन्जाइटी, डिप्रेसन, ओसिडी लगायतका मानसिक तथा मनोसामाजिक समस्याका सिकार भइरहेको फाउण्डेसनकै अर्को परामर्शदाता रन्जीता महर्जन बताउँछिन् । उनले किशोरकिशोरी एवं युवावर्गमा लागुऔषध दुर्व्यसनी एवं आत्महत्याको दर समेत उत्तिकै बढ्दै गएको देखिएको बताइन् ।

उनी भन्छिन्, ‘मनोपरामर्श कक्षको अभावमा विद्यालयमा विद्यार्थीहरुले मनोपरामर्शदातालाई आफ्ना समस्याहरु, व्यक्तिगत कुराहरु, मनका भावनाहरु पोख्न सहज थिएन । विद्यालयको कुनै कुना काप्चामा बसेर यताउति हेर्दै कोही आउँछ कि, कसैले सुन्छ कि भन्ने त्रास मनमा लिएर उनीहरु मनोपरामर्श सेवा लिने गर्दथे । तर अब विद्यालयमा एउटा छुट्ट्र्रै शान्त, सजिलो र आरामदायक मनोपरामर्श कक्षको उपलब्धताले विद्यार्थीहरुले सहज र शान्त वातावरणमा अप्ठ्यारो नमानी मनका पीडा, उकुसमुकुस, जिज्ञासा, दुविधा आदि निर्धक्क फुकाउन सक्नेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.