नागरिक एप अब स्मार्टसेलका ग्राहकले पनि चलाउन मिल्ने

  २०७७ फागुन २१ गते १७:१५     विकासन्युज

काठमाडौं । केही अघि प्रयोगमा आएको नागरिक एप अब स्मार्टसेलका सिम प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । स्मार्ट टेलिकमका अनुसार सिस्टम इन्ट्रिगेशनको काम अघि बढाइएको छ । यसअघि नेपाल टेलिकम र एनसेल सिमका प्रयोगकर्ताहरुले नागरिक एप चलाउन पाए पनि स्मार्टका सिम प्रयोगकर्ताले एप प्रयोग गर्न पाएका थिएनन् ।

नागरिक एप सार्वजनिक गर्नु अगाडि भएको छलफलमा स्मार्ट टेलिकमलाई पनि बोलाइएको थियो । तर, एप सार्वजनिक भएपछि स्मार्टको सिममा एप प्रयोग गर्न नमिल्ने भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवाप्रदायकलाई आफ्नो नेटवर्कमा नागरिक एप नि:शुल्क रुपमा प्रयोग गर्न मिल्ने बनाउन निर्देशन दिएको थियो ।

प्राधिकरणको निर्देशनपछि स्मार्ट सेलले आफ्नो सिस्टममा नागरिक एपलाई जोड्ने काम गरेको थियो । अब स्मार्टसेलका प्रयोगकर्ताले पनि नागरिक एप प्रयोग गर्न सक्नेछन् । स्मार्टका ग्राहकले नागरिक एप नि:शुल्क प्रयोग गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.