४८ हजार बढीले पाए कोरोना बीमा दाबी भुक्तानी

  २०७७ फागुन २१ गते १४:०३     विकासन्युज

काठमाडौं । कोरोना बीमा वापत हालसम्ममा ४८ हजार बढीले कोरोना दाबी भुक्तानी पाएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमामा परेका दाबीमध्ये फागुन २१ गतेसम्ममा ४८ हजार ६९ जनाले ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी पाएका हुन् ।

यो अवधिमा सबै बीमा कम्पनीमा गरी ८४ हजार ८७४ वटा दाबीको मात्र कागजात पूरा भएको समितिले जनाएको छ । जसमध्ये करिब ४८ हजार ०६९ को फागुन २१ गते शुक्रबारसम्ममा भुक्तानी भएको हो ।

भुक्तानी हुन बाँकी दाबीमध्ये ३ हजार ११२ वटा स्वीकृतिको प्रक्रियामा रहेको, १० हजार ९४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पेन्डिङ्ग र ४ हजार २३३ वटा दाबी ईडीसीडीमा पठाउने तयारीमा रहेको समितिले जनाएकाे छ ।

त्यस्तै, समितिको तथ्यांक अनुसार ३ हजार ६३९ वटा दाबी भुक्तानीका लागि बीमा कम्पनीमा पठाइएको छ । त्यसैगरी, १४ हजार ३९३ दाबी उपर छानबिन (परीक्षण) भइरहेको र ४८२ वटा दाबी भुक्तानीयोग्य नरहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.