सुनको मूल्य घट्ने क्रम जारी, तोलामा ९०० रुपैयाँले घट्यो

  २०७७ फागुन २१ गते १३:००     विकासन्युज


काठमाडौं । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० रुपैयाँ ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १५० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । तोलामा एक हजार २८५ रुपैयाँमा बिहीबार कारोबार भएको चाँदी आज भने एक हजार २५० रुपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.