दोश्रो बजारमा लगानीकर्ताको आकर्षण बढ्दो, सक्रिय लगानीकर्ता नै ६ लाख नजिक

  २०७७ फागुन २१ गते १२:४१     विकासन्युज

काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा लगानी गर्ने लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । हालसम्ममा  बजारमा  सक्रिय  लगानीकर्ताकाे संख्या नै ६ लाख नजिक पुगिसकेकाे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जनाएकाे छ ।

नेप्सेको तथ्यांकअनुसार फागुन २० गतेसम्ममा अनलाइन र भौतिक रुपमा गरी कुल ५ लाख ९४ हजार ८७९ जना लगानीकर्ता दोश्रो बजारमा सक्रिय रहेका छन् । गत फागुन ९ गते मात्रै ५ लाख ५० हजार ४०९ जना सक्रिय रहेको बजारमा पछिल्लो १० दिनको अवधिमा उक्त संख्या ४४ हजार ४७० ले बढेर ६ लाख नजिक पुगेको हो ।

त्यस्तै, १० दिनको अवधिमा दोश्रो बजारमा कारोबार गर्नको लागि अनलाईन ब्रोकर अकाउन्ट खोल्नेका संख्या पनि बढेको छ । गत फागुन ९ गतेसम्ममा ३ लाख ७६ हजार २६१ जनाले ब्रोकर अकाउन्ट खोलेका थिए भने उक्त संख्या बढेर ४ लाख ४५ हजार ३५३ पुगेको छ । अर्थात फागुन २० गतेसम्ममा ४ लाख ४५ हजार ३५३ ले दोश्रो बजारमा कारोबार गर्नको लागि अनलाइन ब्रोकर खाता खोलेको पाइएको छ ।
जसमध्ये २ लाख २२ हजार ५६९ जना लगानीकर्ता मात्रै दोश्रो बजारमा अनलाइन रुपमा सक्रिय रहेका छन् ।

नेपालमा हाल ५० वटा ब्रोकरबाट सेयर कारोबार हुँदै आएको छ । त्यसमध्येमा ५८ नम्बर ब्रोकर अर्थात नासा सेक्यिुरिटज कम्पनी लगानीकर्ताको रोजाइमा परेको छ । नासाले हालसम्म ४१ हजार ९०२ जनालाई अनलाइन सेवा अर्थात आईडी पासवर्ड उपलब्ध गराएको छ । त्यसमध्ये २१ हजार १८५ जना लगानीकर्ता सक्रिय रहेका छन् भने भौतिक र अनलाइन दुबै गरी कुल ३१ हजार १८४ जनाले नासा मार्फत दोश्रो बजारमा सक्रिय रहेर सेयर किनबेच गरिरहेका छन् ।

त्यस्तै, सबैभन्दा कम आइडी पासवर्ड उपलब्ध गराउनेमा १८ नम्बर ब्रोकर सगरमाथा सेक्यिुरिटज रहेको छ । सगरमाथा सेक्यिुरिटजबाट सेवा लिनेहरु अनलाइन र भौतिक रुपमा गरि ४ हजार २० जना लगानीकर्ता सक्रिय रहेका छन् । त्यस्तै, ७७९ जनाले मात्रै ब्रोकरको अनलाइन सेवा लिएका छन् जसमध्ये ३८७ जना मात्रै दोश्रो बजारमा कारोबार गर्नको लागि सक्रिय रहेका छन् ।

कुन ब्राेकरमा कतिले खाेले खाता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.