ललितपुरमा एनआईबिएल एस क्यापिटलकाे ‘निःशुल्क घरदैलो डिम्याट खाता’ अभियान

  २०७७ फागुन २१ गते १२:०२     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले निःशुल्क घरदैलो डिम्याट खाता अभियान शुरु गरेको छ । नेपाल धितोपत्र बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत क्यापिटलले फागुन २० गते ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा उक्त अभियान सम्पन्न गरेको हो ।

एनआईबिएल एस क्यापिटलले प्रत्येक नेपालीको पुँजी बजारमा सहभागिता होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंकको लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।

एनआईबिएल एस क्यापिटलले ग्राहकवर्गको सेवा सुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजे सम्म संचालन गर्दै आइरहेको छ । त्यस्तै, गत पुस १ गते देखि सीमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.