एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो गत वर्षको लाभांश

  २०७७ फागुन २१ गते १०:२१     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

फागुन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कूल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई क्रमशः १० प्रतिशत र २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.