गुँदपाक र पुस्टकारीको नयाँ स्वाद पस्किदै नेपाली ब्राण्ड माक्कुसे, अन्तर्राष्ट्रिय बजारमा फैलिदै

  २०७७ फागुन २० गते १७:०६     विकासन्युज

काठमाडौं । नेवारी भाषामा माक्कुसेको अर्थ हुन्छ, बयान गर्न नसकिने एकदमै मिठो । परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाा नेपाली डेसर्ट ब्राण्ड माक्कुसे बजारमा आएको छ ।

आधुनिक स्वादमा माक्कुसे परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुँदपाक, मोका (कफि मिश्रित) गुँदपाक, चकलेट र गुदपाकबाट बनेका कुकिज, ओटमिल र पम्पिकन सिडबाट उत्पादित कुकिज पस्किएको छ । माक्कुसेका उत्पादनहरू दूधको खुवा प्रयोग गरि बनाइएको छ । पुरानो र नयाँ स्वादलाई फ्युजन गरिएको छ ।

काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पादन हुँदै आएको छ । माक्कुसेकी सिइओ तथा सह–संस्थापक अनुस्का श्रेष्ठले यस ब्राण्डका उत्पादनहरु आधुनिक तरिकाले पस्किन खोजेको बताउँछिन् । ‘गुँदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि महत्व बोकेको छ ।’ श्रेष्ठले भनिन् । उनी मिस वल्र्ड नेपाल सन् २०१९ की विजेता हुन् । मिस वल्र्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने रहर जाग्यो । उनले भनिन् त्यही चाहनालाई पछ्याउदै माक्कुसेको स्थापना गरेको हो ।

माक्कुसे, नेपाली डेर्जट ब्राण्ड नेपालमा मात्र नभई विश्वमै मिठाईको अद्वितीय पहिचान बनाउन सफल हुने बिश्वास यस टिमको रहेको छ । माक्कुसेको सामाजिक संजाल र लोकप्रिय नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसको मोबाइल एप तथा वेबसाईटबाट अर्डर गरि घरैमा मगाउन सकिन्छ । ग्यापुमार्फत बिदेशमा रहेका ब्यक्तीले सोही देशको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी नेपालमा रहेका आफन्तलाई माक्कुसेका उत्पादन उपहार पठाउन मिल्ने समेत मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.