फागुन २२ देखि २४ गतेसम्म महिला हस्तकला मेला हुँदैं

  २०७७ फागुन २० गते १५:१०     विकासन्युज

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा फागुन २२ देखि २४ गतेसम्म महिला हस्तकला मेला २०७७ हुने भएको छ । ललितपुर महानगरपालिकाको प्राङ्गणमा फागुन २२ देखि २४ गतेसम्म महिला हस्तकला मेला २०७७ हुने भएको हो ।

‘हस्तकलाको प्रर्वद्धन, महिला शसक्तिकरणको सम्बद्र्धन’’ को नारा सहित ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघ महिला उद्यमी बिकास समितिको संयुक्त आयोजनामा उक्त मेला हुन लागेको हो ।

नेपालको निर्यात व्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थान ओगट्न सफल रहेको छ । हस्तकलाको आन्तरिक बजारमा करिब १० अर्ब बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा भारत लगायत तेश्रो मुलुकहरुमा निर्यात रहेको छ ।

आयात र निर्यातबीचको दुरी दिन प्रतिदिन बढदै गई मुलुकको व्यापार घाटा बढ्दै गएको वर्तमान अवस्थामा हस्तकला जस्ता स्वदेशी श्रम,सीप र कच्चा पदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास एवं विस्तारको महत्व दिन प्रति दिन बढदै गएको छ । महासंघकाे अनुसार हस्तकला क्षेत्रमा झण्डै ११ लाख व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् ।

महिला उद्यमीहरुबाट उत्पादित हस्तकलाका वस्तुहरुको प्रदर्शनी तथा बिक्री प्रवर्धनकाे लागि उक्त मेलामा एकै छाना मुनि प्राकृतिक रेसा जस्तै केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट बनेका सामानहरु, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु तथा धातुका गरगहना, आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने महासंघले जनाएकाे छ ।

मेलामा करिब ५० वटा स्टलहरु रहने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.