जागिर र कामदार खोज्नेहरूका लागि लन्चप्याड

  २०७७ फागुन २० गते १४:५६     विकासन्युज

काठमाडौं । रोजगारीको खोजीमा रहेकाहरूलाई लन्चप्याड २०२१ को आयोजना हुँदैछ । रोजगारदाता तथा रोजगारीको खोजीमा रहेकालाई एकै थलोमा भेटाउने उद्देश्यले लन्चप्याड करिअर तथा रोजगार प्रदर्शनिको कार्यक्रमको आयोजना हुन लागेको हो । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा यसै मार्च १३ तारेख (फागुन २९ गते) मा कार्यक्रम आयोजना हुँदैछ ।

कोभिड १९ को महामारीका कारण धेरै कम्पनीहरुले कर्मचारी कटौती गरे । कैयौंले जागिर गुमाए । बेरोजगारीको संख्या बढ्दै गयो । यसै कुरालाई मध्येनजर गरेर पिपुल्स फर्स्ट संस्थाले  अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागेको हो । यस अन्र्तक्रियामा रोजगारदाताले जागिरको खोजीमा रहेकाहरुसँग अन्तवार्ता लिनेछन् । यो जब एक्सपोले रोजगारदता र कर्मचारीहरुलाई प्रत्यक्ष भेटघाटको अवसर जुराउनेछ । विभिन्न रोजगारदाताले चाहेका गुणात्मक जनशक्ति, कार्यस्थलमा आवश्यक पर्ने सीप तथा मानसिकताका बारेमा करिअर काउन्सिलिङ, प्यानल छलफल तथा रोजगारतासँगको अन्तरक्रिया गरिनेछ ।

मानव संसाधन उत्थानमा क्रियाशिल पिपुल फर्स्ट संस्थाको पहलमा लन्चप्याडको आयोजना हुन लागेको हो । रोजगारीको खोजिमा रहेकालाई सजग र सचेत बनाइ कर्पोरेट संसारमा प्रतिष्पर्धी बनाउने उद्देश्य रहेको पिपुल फर्स्टकी संस्थापक इच्छा मल्लले बताइन् । ‘कोरोना महामारीले आक्रान्त बनाएको बेला रोजगार बजारमा सहज पहुँच बनाउने हाम्रो उद्देश्य हो ।’ मल्लले भनिन्  ‘अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिष्पर्धा गर्न प्रशिक्षण दिन चाहन्छौं । यस संस्थामार्फत साना र ठूला कर्पोरेट हाउस, महिला उद्यमीहरुलाई म्यानेजमेन्ट कन्सल्ट्यान्सी सेवा पनि प्रदान गर्दैछु ।’

मार्च ११ र १२ तारेख (फागुन २७, २८) मा दुई दिन जुमको भर्चुअल प्लेटफर्ममा प्यानल डिस्कसन, करिअर काउन्सिलिङ हुनेछ । जोन्स हप्किन्स विश्वविद्यालयका सहायक डिनद्वारा करिअर काउन्सिलिङ सञ्चालन गरिने छ । पहिलो दिन करिअर काउन्सिलिङ, दोस्रो दिन प्यानल डिस्कसन र तेस्रो दिन प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम हुनेछ । यस्तै १३ तारेखमा होटल र्‍याडिसनमा रोजगार सम्बन्धी प्रदर्शनीमा रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुले प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनेछन् । अन्तरक्रियात्मक कार्यक्रममा होन्डा, अग्नि ग्रुप जस्ता २०, २२ ठूला कम्पनीहरूको सहभागिता रहने आयोजक संस्थाकी संस्थापक मल्लले जानकारी दिएकी छिन् । यस कार्यक्रमबाट हरेक वर्ष कम्पनीहरुले कम्तीमा एक हजार मानिसहरुलाई रोजगारी प्रदान गर्न सक्षम हुने उनले विश्वास राखेकी छिन् ।

लन्चप्याड काठमाडौं कलेज अफ म्यानेन्जमेन्ट, नेप्लिज, युथ इन्टरप्रेन्युर फोरम, टर्किस एयरलाइन्स, केटीएम सिटी तथा क्लिन टेक्नोलोजीसँगको सहकार्य र समन्वयमा हुन लागेको हो । कोरोना महामारीपछि सिर्जित बेराजगारी समस्यालाई कम गर्न रोजगारता र रोजगारीको खोजिमा रहेका जनशक्तिलाई उत्कृष्ट अवसर प्रदान गर्ने उद्देश्यले पिपुल्स फर्स्ट संस्थाले तीन दिने कार्यक्रम विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । पाँच वर्ष अगाडी स्थापना भएको पिपुल्स फर्स्टले करिअर सम्बन्धी परामर्श र प्रशिक्षण दिदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.