महालक्ष्मी विकास बेैंकद्वारा भैरहवाका २७० विद्यार्थीलाई विद्यालय पोशाक वितरण

  २०७७ फागुन २० गते १०:४१     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेकाे छ ।

बैंकले सिद्घार्थनगर दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना विद्यालय पोशाक वितरण गरेको  हाे ।

उक्त वडाका अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले विद्यार्थीका अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्ता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.