डिजिटल पेमेन्टमा फोनपेले ल्याएको क्रान्ति, कसरी भयो सम्भव ?

  २०७७ फागुन १९ गते १४:४०     मञ्जरी पौडेल

काठमाडौं । पहिला कुनै एक ग्राहकले अरु कसैलाई सेवा दिँदा वा कसैलाई पैसा दिँदा क्यास माध्यमबाट दिने चलन थियो । त्यसपछि कार्ड माध्यम आयो ।

प्रविधिले कार्ड माध्यमलाई पनि विस्थापित गर्न खोज्दैछ । पछिल्लो समय क्युआर पेमेन्टको अवधारणा आएको छ ।

क्युआर पेमेन्टलाई नेपाल राष्ट्र बैंकले धेरै प्रबद्र्धन गर्न खोजिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकहरुले संचालनमा ल्याएको क्युआर पेमेन्ट सिस्टमको उद्घाटन गर्न कोभिड महामारीकै बीचमा पनि तरकारी बजारदेखि रिक्सा चालकसम्म पुगिरहेका छन् ।

तर, क्युआर पेमेन्ट भन्ने वित्तिकै फोनपे सम्झने अवस्था आइसकेको छ । अहिले बैंकहरुले संचालनमा ल्याएको क्युआर पेमेन्टमा फोनपेकै हिस्सा बढी छ । सर्वसाधारणले पनि क्युआर पेमेन्ट भनेको फोनपे नै हो भन्ने जसरी बुझ्न थालेका छन् ।


फोनपेको पृष्ठभूमि

फोनपेको पृष्ठभूमिको जानकारी लिन भुक्तानी सेवा प्रदायक इसेवाको स्थापनासम्म पुग्नुपर्ने फोनपेका चीफ टेक्नोलोजी अफिसर दिवस सापकोटा बताउँछन् ।

‘पहिला इसेवा थियो, जसको पुरा नाम इसेवा फोनपे प्राइभेट लिमिटेड नै थियो । त्यतिबेला नै फोनपे क्युआर पेमेन्टको अवधारणा आइसकेको थियो । तर, त्यतिबेला सबैतिर इन्टरनेटको पहुँच थिएन । यो सन् २०१३/१४ तिरको कुरा हो । त्यतिबेला यो उचित समय होइन भन्ने भएर यो कन्सेप्ट ‘ड्रप’ भएको (थाती राखेको) थियो,’ सापकोटाले भने ।

समय बदलियो । नेपालमा इन्टरनेट सेवाको पहुँच र विस्तार अपेक्षाभन्दा ज्यादै तीब्रतर रुपमा भयो । टेलिकम सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकम र एनसेलले देशव्यापी रुपमा इन्टरनेट सेवा विस्तार गरे । उनीहरुले प्रदान गर्ने डेटाको शुल्क पनि घट्दै गयो । यस्तै, पछिल्लो समय निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीहरुले आफ्नो सेवाको विस्तार व्यापक रुपमा गरे । इन्टरनेटको मूल्य पनि भारी मात्रामा घट्यो ।

फोनपेले हालसम्ममा २ लाख ५० हजार वटा मर्चेन्ट बनाईसकेको छ । मर्चेन्टबाट सेवा लिने ग्राहकको संख्या पनि बढ्दो छ । हालसम्ममा १ कराेडदेखि १ कराेड २० लाख ग्राहकले फोनपेको क्युआर सेवा प्रयोग गर्ने गरेको छ ।

छिमेकी देशहरु भारत तथा चीनको अभ्यासलाई हेर्दा पनि त्यहाँ क्युआर स्क्यानको एकदमै प्रयोग भइरहेको थियो । नेपालमा पनि त्यो प्रविधि प्रयोगमा ल्याउन सकिन्छ भन्ने भएपछि इसेवाले फोनपे क्युआर स्क्यानको अवधारणा ब्युँत्याएर जोडतोडका साथ प्रयोगमा ल्याउन थाल्यो ।

‘हाम्रो प्रमुख अवधारणा भनेको जसरी भएपनि नेपालीको पेमेन्टसलाई डिजिटल गराउनुपर्छ भन्ने थियो । जस्तै, कार्डको माध्यमबाट पस मेसिनबाट भुक्तानी गर्नु पनि नगद भुक्तानी नै हो, त्यो छैन भनेपनि म पहिला एटीएम बुथमा जान्छु, क्यास निकाल्छु, अनि भुक्तानी गर्छु भन्नेसम्म भयो, त्यसैले एटीएम कार्ड भनेको पनि क्यास बिजनेस नै भयो, यसमा परिवर्तन जरुरी छ भन्ने निर्क्याेल थियो,’ सापकोटाले थपे ।

हालसम्ममा १ कराेडदेखि १ कराेड २० लाख ग्राहकले फोनपेको क्युआर सेवा प्रयोग गर्ने गरेको कम्पनीको भनाई छ ।

भुक्तानी प्रणालीलाई डिजिटल रुपमा ल्याउनुपर्छ भन्ने मनसायले नै गत डेढ दुई वर्षदेखि फोनपे सञ्चालनमा ल्याई क्युआर पेमेन्टस्मा मर्चेन्टहरु बनाउन थालियो । त्यसलाई अहिले निरन्तरता प्रदान गर्दै फोनपेले हालसम्ममा २ लाख ५० हजार वटा मर्चेन्ट (वस्तु तथा सेवा बिक्री गर्ने सेवा प्रदायक) बनाईसकेको छ । मर्चेन्टबाट सेवा लिने ग्राहकको संख्या पनि बढ्दो छ । हालसम्ममा १ कराेडदेखि १ कराेड २० लाख ग्राहकले फोनपेको क्युआर सेवा प्रयोग गर्ने गरेको कम्पनीको भनाई छ ।

आजकै दिनमा हेर्ने हो भने पनि १५ वर्षअघिदेखि सञ्चालनमा आएका क्रेडिट कार्ड वा एटीएम कार्डको कारोबार भोल्युम दैनिक ५/६ करोड रुपैयाँ बराबरको भएको छ । जुन फोनपेले २ वर्षको अवधिमै प्राप्त गरेर दिनमा ७ देखि ८ करोड रुपैयाँको हाराहारीमा क्युआर पेमेन्टसबाट कारोबार गरिरहेको छ । र, औषतमा दैनिक २० देखि २२ हजार वटासम्मको कारोबार क्युआर पेमेन्टसबाट हुन्छ ।

यसरी जुट्यो पूर्वाधार

यसमा जति पनि इन्फ्राष्ट्रक्चर (पूर्वाधार) हरु छन्, त्यो फोनपे आफैले डेभलप गरेको छ । फोनपे संचालन गर्ने कम्पनीहरुको माउ कम्पनीसँग सफ्टवयर डेभलपमेन्ट गर्ने कम्पनी पनि छ । र, फोनपेमा पनि डेभलपमेन्ट कम्पनी छ । त्यसैले जति पनि इन्फ्राष्ट्रक्चरहरु चाहिन्छ, त्यसको लागि चाहिने सफ्टवेयरहरु फोनपे आफै बनाउँछ ।

भुक्तानीको लागि फोनपेलाई विशेष गरेर चाहिएको भनेको ‘स्वीच’ हो, जुन कार्डबाट भुक्तानीको लागि पनि चाहिन्छ । फोनपे भनेको एउटा नेटवर्क मात्र हो । जसले एउटा बैंकको मर्चेन्टसँग अर्को बैंकको मर्चेन्टलाई कम्युनिकेट गर्ने एउटा बाटो दिन्छ । यसलाई स्वीचिङ् र राउटिङ् भनिन्छ ।

पहिला दैनिक ६/७ हजार वटा कारोबार हुन्थ्यो भने अहिले २०/२२ हजार कारोबार दिनमा हुन्छ ।

फोनपेसँग अहिले पार्टनर्सको रुपमा ६१ वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । यी बैंक तथा वित्तीय संस्थाको बीचमा भएका कारोबारको लेनदेन गरिदिने काम फोनपेको हो । र, हार्डवेयरको लागि जुन क्यापासिटी चाहिन्छ, कम्पनीले त्यो अपग्रेड गर्दै गएको छ ।

कोभिड महामारीले अझ सहज

यो कोरोना महामारी अघि र पछिको कारोबारमा एकदमै परिवर्तन आएको सापकोटा बताउँछन् । पहिला दैनिक ६/७ हजार वटा कारोबार हुन्थ्यो भने अहिले २०/२२ हजार कारोबार दिनमा हुन्छ ।

त्यसलाई मिट गर्नको लागि दक्ष कर्मचारी हुनुपर्यो, हार्डवेयरहरु पनि अपडेट गरिराख्नुपर्यो । जुन फोनपेले गरिरहेको छ । त्यस्तै, ठूलो कारोबारलाई थेग्न सक्ने खालको सिष्टमहरुलाई डेभलप गरिनै रहेको कम्पनीले जानकारी दिएको छ ।

फोनपेले कसरी काम गर्छ ?

यसमा तीन पार्टीजहरुको संलग्नता हुन्छ । एउटा तिर्ने मान्छे, एउटा लिने मान्छे र एउटा बीचमा नेटवर्क ‘फोनपे’ ।

जस्तै, तपाईं कुनै एउटा बैंकको ग्राहक । पसलमा जानुभयो । सामान किन्नुभयो । त्यसको पेमेन्ट डिजिटल्ली गर्नुपर्यो । त्यस पसलेको खाता अर्को कुनै बैंकमा रहेछ भने अब यो दुईटालाई कनेक्ट गर्ने काम फोनपेले गर्ने भयो ।

कसैले पनि यसबाट पेमेन्ट गर्न चाह्यो भने उसले कुनै न कुनै बैंकको मोबाइल बैंकिङ्गमा सब्स्क्रिप्सन गर्नुपर्छ । या सो व्यक्ति वालेट (इसेवा, सेलपे आदि) को ग्राहक हुनुपर्यो । त्यसपछि मात्र पेमेन्ट गर्ने अप्सन पाइन्छ ।

त्यस्तै, जुन मर्चेन्ट (वस्तु तथा सेवा बिक्री गर्ने सेवा प्रदायक) छ, ऊ पनि कुनै न कुनै बैंक तथा वित्तीय संस्था या वालेटसँग आवद्ध हुनुपर्यो ।

यससँगै यसबाट कारोबार गर्नको लागि सर्वप्रथम सेवा लिने र दिने दुबै निकाय कुनै न कुनै बैंकसित या कुनै वालेटसँग आवद्ध हुनुपर्छ । होइन भने कारोबार गर्न सकिँदैन ।

तपाईंले कुनै वस्तु तथा सेवा लिनुहुन्छ भने तिर्ने अप्सनमध्ये एउटा हो, क्युआर पेमेन्ट । मर्चेन्ट जब सब्स्क्राइब हुन्छ, त्यसपछि उसलाई फोनपेले क्युआर दिन्छ । अझ खासमा भन्ने हो भने सम्बन्धित बैंक वित्तीय संस्था (जुन संस्थामा मर्चेन्ट आवद्ध छ) ले क्युआर दिन्छ ।

क्युआर फरक फरक

हरेक मर्चेन्टको क्युआर फरक फरक हुन्छ । खास क्युआरमा देखिने भनेको पिक्चर हो । तर, त्यसमा केही न केही इन्फरमेसन हुन्छ । क्युआरले त्यही इन्फरमेसनलाई ‘पिक्टोरियल भ्यु’ (चित्रमा) देखाउने मात्रै हो । जसले कुन मर्चेन्ट हो, कुन सेवाग्राही हो भन्ने चिन्छ ।

यदि तपाईंको लागि क्युआर बनेको छ भने त्यसमा तपाईंको इन्फरमेसनहरु हुन्छ । फोनपेले जब तपाईंको क्युआर रिड गर्छ, अब कसलाई पेमेन्ट गर्ने भन्ने त्यसमा थाहा पाइने भयो । त्यो थाहा भइसकेपछि तपाईं खाता जुन बैंकमा छ, त्यहाँको खाता डेबिट हुन्छ (पैसा घट्छ) पहिला । त्यसपछि फोनपे नेटवर्कमार्फत तपाईंले भुक्तानी दिएको व्यक्ति, संस्था वा कम्पनीको बैंक खातामा क्रेडिट (पैसा जम्मा) हुन्छ ।

खास क्युआरमा देखिने भनेको पिक्चर हो । तर, त्यसमा केही न केही इन्फरमेसन हुन्छ । क्युआरले त्यही इन्फरमेसनलाई ‘पिक्टोरियल भ्यु’ (चित्रमा) देखाउने मात्रै हो । जसले कुन मर्चेन्ट हो, कुन सेवाग्राही हो भन्ने चिन्छ ।

तपाईंको खाता डेबिट भएर तपाईले भुक्तानी दिएको व्यक्तिको खाता क्रेडिट भइसकेपछि तपाईंको कारोबार सम्पन्न भयो भनेर मोबाइलमा म्यासेज आउँछ । त्यतिबेला नै भुक्तानी पाउनु पर्ने व्यक्तिलाई पनि एसएमएस मार्फत वा एप मार्फत ‘तपाईंले पैसा पाउनुभयो है अब प्रयोगमा ल्याउँदा वा वस्तु तथा सेवा दिँदा हुन्छ है’ भनेर जानकारी आउँछ । यसरी नै फोनपेको कारोबार सम्पन्न हुन्छ ।

क्युआरबाट कारोबार नभएको अवस्थामा के गर्ने ?

भन्नलाई त क्युआरबाट कारोबार गर्न एकदमै सजिलो हुन्छ भन्छौं । छ पनि । तर प्राविधिक रुपमा हेर्दा यसबाट कारोबार गर्नको लागि डिपेन्डेन्सी एकदमै हाई छ । अर्थात अरुमा नै भर पर्नुपर्छ ।

एउटा, इन्टनेट कस्तो छ, त्यसमा भर पर्छ । त्यसपछि तपाईंको बैंक खाताबाट रकम घटाउन जाँदा त्यहाँको सिष्टम ठिक छ कि छैन । त्यहाँको डिपेन्डेन्सी भयो । त्यसपछि बल्ल फोनपेको सिष्टम ठिक छ कि छैन भन्ने कुरा आउँछ । अनि त्यसपछि पाउने मान्छेको खाता रहेको बैंकको सिष्टम पनि ठिक छ कि छैन । र,अन्त्यमा तपाईंलाई जब एसएमएस आउँछ, त्यो एसएमएस आउँछ, आउँदैन टेलिकमको डिपेन्डेन्सी भयो । त्यसैले, यसमा विभिन्न निकायको विभिन्न नियम तथा जिम्मेवारी रहेका हुन्छन् । र, सबैको आ-आफ्नो टेक्निकल डिपेन्डेन्सीज् हुन्छ नै ।

अब एउटा कारोबार गर्दा यी विभिन्न निकायमध्ये कुनै एउटामा मात्रै समस्या देखियो भने पनि त्यो कारोबार पुरा हुँदैन ।

समस्या कसको त ?

तपाईंले भुक्तानी गर्नुभयो । भुक्तानी पाउनेको खातामा पैसा आयो पनि । तर, भुक्तानी पाउनेलाई एनटीसी वा एनसेलको एसएमएस आएको छैन । उसले पैसा पाइसक्यो र पनि ऊ, के भन्छ भने ‘जबसम्म मलाई एसएमएस आउँदैन तबसम्म मैले सेवा दिन्न वा पैसा पाएको मान्दिन ।’ पैसा पाउन त पाएको नै हो । तर उसले थाहा पाउने नोटिफिकेसन अर्थात एसएमएस समयमै आएन ।

कारोबार भएको छ । ग्राहकको पैसा काटिएको छ । तर नोटिफिकेसन आएको छैन भने त्यसको जिम्मा फोनपेले नै लिन्छ ।

एसएमएस नआएको केसमा के हुन्छ ?

कारोबार भएको छ । ग्राहकको पैसा काटिएको छ । तर नोटिफिकेसन आएको छैन भने यो केसमा भुक्तानी पाउने व्यक्तिले पाइसकेको हुन्छ । जब तपाईंले क्युआर रिड गर्नुभयो, तपाईंको खाता हेर्दा त्यहाँ सक्सेस आयो भने त्यसको मतलब भुक्तानी पाउनु पर्नेले पैसा पाइसक्यो । त्यसको जिम्मा फोनपेले नै लिने हो ।

‘यस्तो अवस्थामा मैले (फोनपे) त यहाँ थाहा पाइहालें, भुक्तानी पाउनेले थाहा पाउने तरिका एउटा तरिका भनेको एसएमएस हो, जुन तपाईंलाई आयो, अर्को तरिका भनेको हाम्रो फोनपे कै ‘मर्चेन्ट एप’ भन्ने एप्लिकेसन पनि छ, त्यहाँ गएर लगइन गरेर हेर्नुभयो भने त्यहाँ तपाईंको सम्पूर्ण कारोबारको विवरण नै हुन्छ । आयो कि आएन भन्ने देखाउँछ,’ सापकोटा भन्छन् ।

अहिले एसएमएस आएन भने भुक्तानी पाउनुपर्नेले पैसा पाईनँ भन्ने बुझाई छ । जुन गलत हो ।

अर्को, तपाईंले बैंकको इष्टेट्मेन्ट पनि हेर्न सक्नुहुन्छ ।

अहिले एसएमएस आएन भने भुक्तानी पाउनुपर्नेले पैसा पाईनँ भन्ने बुझाई छ । जुन गलत हो । एसएमएस त एनटीसी वा एनसेलको मोबाइलबाट आउला नआउला, त्यो छुट्टै भयो । ग्राहकले कन्फर्मेसन पायो भन्नुको अर्थ नै उसले पैसा पायो भन्नु नै हो । ग्राहकले मर्चेन्ट एप चलाएर हेर्यो भने त्यसमा कारोबार सक्सेस भएको देखिन्छ ।

‘अहिले हामी बानी परेको भनेको एसएमएस बज्यो भने पाइयो । बजेन भने पाइएन । तर त्यो त्यति भरपर्दो होइन । एसएमएस भनेको कहिले आउँछ, कहिले आउँदैन । त्यो हाम्रो कन्ट्रोलमा पनि हुँदैन, जुन एनटीसी वा एनसेलको कन्ट्रोलमा हुने हो,’ सापकोटा भन्छन् ।

काराेबार गर्दा एसएमएस भनेको कहिले आउँछ, कहिले आउँदैन । त्यो हाम्रो कन्ट्रोलमा पनि हुँदैन, एनटीसी वा एनसेलको कन्ट्रोलमा हुने हो ।

यो नआएको खण्डमा फोनपेको मर्चेन्ट एप हुन्छ । त्यो खोलेर हेर्नु उपयुक्त हुने सापकोटाको भनाई छ ।

म्यासेज आएन, कारोबार भएन भनेर पटक पटक कारोबार गरिन्छ, त्यो अवस्थामा के गर्ने?

यो भनेको रिफण्ड कन्सेप्ट हो । कार्ड पेमेन्ट तथा क्युआर पेमेन्ट जति पनि डिजिटल पेमेन्टमा दुईटा अवस्था हुन्छ । एउटा आफैँ जानेर फिर्ता गर्ने । नआउनुपर्ने पैसा आएछ भने भन्ने थाहा भएपछि फिर्ता गर्न सकिन्छ ।

म्यासेज आएन, कारोबार भएन भनेर पटक पटक कारोबार गरिन्छ, त्यो अवस्थामा के गर्ने?

कसरी ?

एउटा अप्सन, मर्चेन्ट एपमै जाने । जहाँ आफ्नो कारोबारको सबै विवरण देखिएको हुन्छ । मात्र एसएमएस नआएको त हो । मर्चेन्ट एपमा गएर आफ्नो मर्चेन्ट एप खोलेर यो नम्बरबाट नआउनुपर्ने पैसा आएको रहेछ भनेर ‘रिफण्ड’ गरिदिएपछि त्यो पैसा तत्काल फिर्ता हुन्छ ।

तर यो इमान्दारिताको हकमा मात्रैहुन्छ ।

नियत खराब भएको अवस्थामा के गर्ने ?

जस्तै, तपाईंले मर्चेन्टलाई पनि चिन्नुहुन्न । मर्चेन्टको बैंक पनि चिन्नुहुन्न । फोनपे त चिन्ने कुरै भएन । यो अवस्थामा तपाईंले आफ्नै बैंकमा गुनासोहरु राख्ने हो । मैले यो दुईटा पेमेन्ट गरेको थिएँ । खाता डेबिट भएको छ । यसबाट मैले सर्भिस पाएको छैन, यसलाई फिर्ता गरिदिने व्यवस्था मिलाइदिनु भनेर बैंकलाई भन्न सक्नुहुन्छ ।

त्यसपछि बैंकले फोनपेलाई भन्छ । र, फोनपेले त्यो मर्चेन्टको बैंक तथा वित्तीय संस्थालाई नै भन्छ ।

मान्छेको नियत नै खराब भएको केसमा पैसा फिर्ता गर्ने प्रक्रिया अलि लामो हुन्छ ।

यसलाई ‘चार्ज ब्याक’ भनिन्छ । मान्छेको नियत नै खराब भएको केसमा यो प्रक्रिया अलि लामो हो ।

जस्तै, तपाईंले कसैलाई भुक्तानी दिनुभयो । तर, पैसा आएको छैन भनेर उसले बस्तु तथा सेवा दिएन । तर, पैसा गइसक्यो अर्थात तपाईंको खाता डेबिट भयो भने आफ्नो बैंकलाई भन्नुपर्छ । बैंकले नेटवर्कलाई भन्छ । नेटवर्कले मर्चेन्टको सम्बन्धित बैंकलाई भन्छ । ‘तिमीहरुको खातामा यो पैसा नआउनुपर्ने, क्लेम आएको छ । यो क्लेम ठीक हो कि होइन । ठीक हो भने प्रुफ दिनुस्, होइन भने यसलाई फिर्ता गरिदिनु’ भन्छ । अब उसले कि त फिर्ता गरिदिनुपर्ने हुन्छ । होइन भने ‘मैले सर्भिस दिएको हो’ भनेर उसले जस्टिफाई गरिदिनुपर्ने हुन्छ । कि त बिल या कुनै न कुनै प्रमाण देखाउनुपर्यो । तर उसले दिएको प्रमाण के कत्तिको मान्य हुन्छ हुँदैन भन्ने पनि हेरिन्छ ।

म्यासेज आएन भनेर पटक पटक रकम पठाएकाे केशमा त्याे रकम एक महिनाको अवधिमा फिर्ता भइसक्नु पर्ने हुन्छ ।

यदि उसले कुनै प्रमाण दिन सकेन भने मर्चेन्टको बैंकले उसको खाता डेबिट गरि अर्को मान्छेको खातामा स्वतः पैसा पठाइदिन्छ । त्यसको लागि पनि एउटा सीमित अवधि हुन्छ । नेपाल राष्ट्र बैंकको हिसाबले नेपालीको लागि एक महिनाको समय तोकिएको छ ।

सबै निःशुल्क

क्युआर कोडबाट गरिएको कारोबारमा यो जति पनि प्रक्रिया गरिन्छ, यसमा कुनै पनि शुल्क लाग्दैन । ग्राहकलाई । र, मर्चेन्टलाई पनि अहिलेसम्म शुल्क लाग्दैन । यो निःशुल्क नै छ ।

क्युआर कोडबाट गरिएको कारोबारमा शुल्क लाग्दै । यो निःशुल्क नगरेको भए हामी अहिले १०/१५ हजार मर्चेन्टमै सीमित हुन्थ्यौं ।

निःशुल्क किन ?

‘यो निःशुल्क नगरेको भए हामी अहिले १०/१५ हजार मर्चेन्टमै सीमित हुन्थ्यौं, २ लाख ५० हजार मर्चेन्ट बनाउनै सक्दैनथ्यौं, किनभने यस्तो खाले भुक्तानीमा ग्राहकले पैसा तिर्नुपर्दैन, मर्चेन्टले नै तिनुपर्छ, उसले यो सर्भिस लिए बापत । कार्डमा मर्चेन्टले औसतमा २ देखि साढे २ प्रतिशतसम्म तिरिरहेको हुन्छ, तर क्युआर स्क्यानमा अहिले नै यस्तो सम्भव देखिएन,’ चीफ टेक्नोलोजी अफिसर सापकोटाले भने ।

डिजिटल पेमेन्ट गर्दा भोलि के फाइदा हुन्छ भन्ने  महत्व हिलेसम्म बजारले बुझेको छैन ।

क्युआर पेमेन्टको स्कोप कहाँ छ ? कहाँ कहाँसम्म जान सकिन्छ होला ? भाटभटेनी वा ठूला ठूला रेस्टुरेन्टहरुले देलान् । तर, यसको टार्गेट भनेको पान पसलदेखि लिएर बस बिसौनीको ठेला गाढासम्म छ । उनीहरुलाई गएर यो क्युआर राख्नुस्, तपाईंले पैसा पाएकोबापत फोनपेलाई २ प्रतिशत दिनुपर्छ भन्ने चान्स नै हुँदैन ।

अर्को, यसको महत्व अहिलेसम्म बजारले बुझेको छैन । डिजिटल पेमेन्ट गर्दा भोलि के फाइदा हुन्छ भन्ने ।

जस्तै, तपाईं कुनै किराना पसले हो । तपाईं भोलि बैंकमा लोन (ऋण) लिन जानुभयो । तर पाउनु भएन । किनभने तपाईंको विगतका बैंकिङ् विवरण हेर्दा कुनै पनि कारोबार गरेको देखिएन । र, बैंकले पत्याएन ।

तर, तपाईंले डिजिटल पेमेन्टहरु गरिरहनु भएको भने त्यसको विवरण बैंकमा हुन्छ । राम्रो पसलको कम्तिमा पनि एक दुई लाख कारोबार भइरहेको हुन्छ । जुन क्यास पेमेन्ट गर्दा त्यो देखिँदैन । नदेखेपछि बैंकले पत्याउँदैन ।

त्यसैले यसरी डिजिटल पेमेन्ट गरियो भने हामीले गरेका हरेक कारोबारको विवरण बैंकमा देखिन्छ । र, भोलि बैंकबाट लोन लिन सजिलो हुन्छ । बैंकले लोन दिँदा ग्राहकको विवरण हेरेर कति कारोबार भएको छ, त्यसकै आधारमा दिन्छ ।

कहिलेसम्म निःशुल्क ?

आगामी दिनमा यसको प्रयोग के कत्तिको बढ्छ त्यसको आधारमा निःशुल्क गर्ने वा नगर्ने भन्ने निर्धारण हुने कम्पनीको भनाई छ ।

‘सँधै फ्री भएर पनि हुँदैन । र, सबैलाई फ्री भएर पनि हुँदैन । किनकि यो इकोसिष्टम त स्वतः चल्नुपर्छ । सेवा लिएपछि पैसा लाग्छ नै, तर शुल्क कोसँग लिने ? कोसँग नलिने ? लिने भए कति लिने ? भन्ने व्यवस्था हुनुपर्छ,’ सापकोटा भन्छन् ।

पान पसलेलाई नलगाउने या दिनमा एक लाखसम्मको कारोबार गर्दा नलाग्ने, त्योभन्दा बढी गरेमा लाग्ने भन्ने जस्ता विभिन्न विकल्पमा सोच्न सकिने उनको भनाई छ ।

आज शुल्क नलाग्नुको कारण भनेको राष्ट्र बैंकले ‘यो इकोसिष्टम बढाउनु पर्यो । शुल्क लगाइयो भने यसको प्रयोग घट्छ । त्यसैले अहिले सबैलाई बानी पारेपछि कसलाई लगाउने, कसलाई नलाउने भन्ने सोचौंला’ भनेकोले अहिले त्यसमा नसोचिएको कम्पनीको भनाई छ । त्यसैले अहिले शुल्क भन्दा पनि क्युआर पेमेन्टलाई प्रमोट (प्रचार प्रसार) गर्नुमै बढी केन्द्रीत रहेको कम्पनी र नियामक निकाय नेपाल राष्ट्र बैंक देखिन्छ ।

सिष्टम सेक्युरिटी कस्तो छ ?

फोनपेको जति पनि कारोबार विवरण कोर बैंकिङ्ग सिष्टम (सीबीएस) मा जान्छ । सीबीएसले यस्तो पेमेन्टलाई इनेबल गर्नुपर्छ भनेर त्यहि हिसावमा सिष्टम डिजाइन गरेको छ । तर, शतप्रतिशत नै सेक्योरर्ड हुन्छ नै भन्ने ग्यारेन्टी कसैले पनि दिँदैन । तर अहिलेसम्म समस्या देखिएको छैन ।

सीबीएसको पर एकाउन्टमै कम्परमाइज भन्ने हुँदैन । यो भनेको अहिले नेपालमा मात्र सिष्टम बनेको होइन । यो प्रुभन (प्रमाणित) सिष्टम हो । बाहिरका विभिन्न देशमा पनि भएकै हो । सावधानी फोनपेले मात्रै अपनाएर पनि हुँदैन । बैंकले, मर्चेन्टले, मर्चेन्टको बैंकले अपनाइदिनु पर्यो । त्यसैले हामीले जति पनि कारोबार गरेका हुन्छौं त्यसमा कत्तिको ‘स्याेर’ छौं भन्नेमा सर्टिफिकेटले निर्धारण गर्छ । सेक्युरिटीलाई मापन गरिदिने संस्थाहरु पनि हुन्छन् ।

फोनपेको जति पनि कारोबार विवरण सीबीएसमा जान्छ । सीबीएसले यस्तो पेमेन्टलाई इनेबल गर्नुपर्छ भनेर त्यहि हिसाबमा सिष्टम डिजाइन गरेको छ । तर, शतप्रतिशत नै सेक्योरर्ड हुन्छ नै भन्ने ग्यारेन्टी कसैले पनि दिँदैन । तर अहिलेसम्म समस्या देखिएको छैन ।

फोनपे भनेको ‘पीसीआई डीएसएस’ सर्टिफाईड कम्पनी हो । पीसीआई भनेको थर्ड पार्टी कम्पनी, जो वर्ल्ड रिकगनाइज सर्टिफिकेट हो ।

कुनै कम्पनी ‘पीसीआई डीएसएस’ सर्टिफाईड हो भने उसले मिनिमन स्ट्याण्डर्ड मेन्टेन गरेको हुनुपर्छ । त्यो गरेको छैन भने सर्टिफिकेसन पाइँदैन । त्यसैले, कम्परमाइज भनेर ओपन कम्परमाइज हुँदैन । जुन कार्डमा, इन्टरनेट, मोबाइल बैंकिङ्ग सबैमा आउला । यसमा पनि नआउला भन्न सकिदैन । यो नियमित प्रकृया हो । आज सुरक्षित छु भन्दैमा भोलि पनि सुरक्षित हुन्छु भन्ने पनि हुँदैन । फोनपेले महिना महिनामा यो सेक्यिुरिटी अडिट गराउने गरेको छ ।

ह्याकरको टार्गेटमा फोनपे छ कि छैन ?

‘ह्याकरहरु बेला बेलामा प्रवेश त गरिरहेकै छन्, तर, त्यसलाई कुनै न कुनै लेभलमा सेक्योर गरिरहेका छौं, नेपालको भोल्युम त्यति ठूलो नभएको कारणले पनि होला, ठूला ठूला एक्स्पर्ट ह्याकरको टार्गेटमा हामी परेका छैनौं,’ सापकोटा भन्छन् ।

आफूहरुले वर्ल्ड लेभलको स्ट्याण्डर्ड नै युज गरेको, सिष्टम तथा सेक्युरिटीमा पैसाको कमी भएर कुनै पनि कम्परमाइज नगरेको तथा जे स्टयाण्डर्ड छ, त्यो बैंक तथा वित्तीय संस्था, मर्चेन्ट सबैले अपनाइरहेको सापकोटाले बताए ।

यसमा ह्याकिङ्ग नै भए पनि यो स्वतः एउटाको खाताबाट अर्कोको खातामा जाने हो । तर कुनबाट कुनमा गइरहेको छ भन्ने थाहा हुनु पर्छ । त्यसैको लागि केवाईसी (नो योर कस्टुमर) को प्रयोग ल्याइएको हो ।

नेपालमा अहिलेसम्म ह्याकिङ्ग नै भनेर त्यति ठूलो घटना भएको छैन । यहाँ ह्याकर भन्दा पनि फ्रडको उदाहरण धेरै छ । ह्याकिङ्ग भनेको सिष्टममा इस्यु भएर आउने हो, फ्रड भनेको जसले चलाइरहेको छ त्यसलाई जानकारी नभएर हुने हो ।

अर्को, ह्याकिङ्ग भनेको एक देशबाट अर्को देशमा पैसा लैजानु हो । यो जति पनि सिष्टमहरु नेपालमा छन् त्यो सबै स्वदेशी सिष्टम हुन् । यसमा ह्याकिङ्ग नै भए पनि यो स्वतः एउटाको खाताबाट अर्कोको खातामा जाने हो । तर कुनबाट कुनमा गइरहेको छ भन्ने थाहा हुनु पर्छ । त्यसैको लागि केवाईसी (नो योर कस्टुमर) को प्रयोग ल्याइएको हो ।

कहाँसम्म पुग्यो फोनपे ?

फोनपेको २ लाख ५० हजार मर्चेन्टमध्ये एक लाख काठमाडौंमा छन् । बाँकी उपत्यका बाहिर नै छन् । यसको मतलब फोनपे विभिन्न ठाउँमा पुगिसकेको छ ।

कसरी त ?

फोनपेले उपयोग गर्ने भनेको पार्टनर्स (बैंक तथा वित्तीय संस्था) लाई नै हो । अर्को भनेको एउटा वालेट नै हो । नेटवर्कको फाइदा भनेको जहाँ जहाँ बैंक तथा वित्तीय संस्था पुगे त्यहाँ त्यहाँ फोनपे पनि पुगेको छ । अहिले हरेक पालिकामा कम्तिमा एउटा बैंक पुगिसकेको छ ।

फोनपे आफै सबै ठाउँमा जान सक्दैन । परिचालन गर्ने भनेको बैंक तथा वित्तीय संस्था नै हो । अहिले बैंकको शाखा जताततै पुगेको छन् । त्यसैले पनि फोनपे काठमाडौंमा मात्रै नभएर धेरै ठाउँमा पुगिसकेको छ ।

डाटाको शुल्क 

क्युआर पेमेन्ट अफलाइनमा गर्न मिल्दैन । मर्चेन्ट र ग्राहकमध्ये एउटाकोमा इन्टरनेट हुनै पर्छ । अहिले मात्र होइन, भोलि पनि यो काम बिनाइन्टरनेट हुँदैन ।

डिजिटल कारोबारलाई प्रमोसन गर्ने हो भने डाटाको शुल्क घटाउनै पर्ने हुन्छ । अहिले पनि खासै बढी डाटा लाग्ने त होइन । हाम्रो दिमागमा नेपालमा इन्टरनेट डाटा महंगो छ भन्ने भएर मात्रै हो । र, पनि प्रमोसनको लागि मूख्य भूमिका डाटाको पनि हुने भएर यसलाई घटाउने प्रयास गर्नुपर्छ ।

प्रमोसनमा बढी खर्च

फोनपेले प्रमोसनमा बढी जोड दिइरहेको छ । कम्पनीको बजेट खर्च पनि प्रविधिमा भन्दा जनचेतना फैलाउने तिर अर्थात ब्राण्डिङ् तथा प्रमोसनमा बढी हुन्छ । प्रतिशतका आधारमा पनि हाल मार्केटिङ्मा र प्रविधिमा ७०ः३० को अनुपातमा खर्च भइरहेको सापकोटाले जानकारी दिए । अर्को, रिसर्च एण्ड डेभलपमेन्ट ‘अनुसन्धान तथा विकास’ मा पनि खर्च हुन्छ ।

फोनपले नागरिकलाई डिजिटल पेमेन्टको बानी पार्न खोजेको छ । त्यसैले पनि त्यसमा बढी खर्च भइरहेको छ ।

अहिले राम्रो पक्ष भनेको नेपाल राष्ट्र बैंक पनि यसको प्रयोगलाई अभिवृद्धि गर्नेतर्फ लागिरहेको छ । त्यसैले पनि फोनपेलाई धेरै सपोर्ट भएको छ । सरकारबाट केही पहल आयो भने कम्पनीप्रति पनि विश्वास बढ्छ । बैंक तथा वित्तीय संस्थाले पनि सहयोग गरेका छन् । अहिले तरकारी पसल लगायत विभिन्न साना पसलमा पनि शुरु भएको छ । मलेखु तथा सौराहालाई डिजिटल बनाउनुपर्छ भनेर फोनपेले अभियान गरिरहेको छ । केही जनशक्तिलाई विभिन्न ठाउँमा पठाएर यसको प्रयोग कसरी गर्ने भनेर सिकाइरहेको छ ।

अबको प्रविधिमैत्री कारोबारको अवस्था कस्तो ?

अहिले नेपालमा प्रविधिमैत्री कारोबारको अवस्था राम्रै छ । कुनै पनि नयाँ प्रविधि आउँछन् । त्यो नागरिकलाई बुझाउन गाह्रो हुन्छ । सरकार तथा नेपाल राष्ट्र बैंकबाट पहल भयो भने त्यति असज छैन ।

फोनपेले गरेको जति पनि कारोबार छ, त्यो नेपालको जीडीपीमा योगदान देखिनुपर्यो भन्ने आफूहरुको अभियान रहेको सापकोटाले बताए । फोनपेको टार्गेट भनेको विदेशिने पैसालाई पनि सकेसम्म स्वदेशमै चालु गराउने हो । अहिलेकै अवस्थामा पनि फोनपेले करिब २० देखि २५ प्रतिशत रकम बचत गरेको उनको दाबी छ ।

‘हालैको कोरोना महामारीले अवधारणा बनाइदिएको छ, त्यसले गर्दा अब नेपाल पूर्ण रुपमा डिटिजलमा जानुपर्छ भन्ने हो, धेरै वर्ष त लाग्दैन, ५ देखि ७ वर्षमा पक्कै पूर्ण रुपमा डिजिटल कारोबार हुन्छ भन्ने विश्वास छ,’ सापकोटाले भने ।

फोनपेले गरेको जति पनि कारोबार छ, त्यो नेपालको जीडीपीमा योगदान देखिनुपर्यो भन्ने आफूहरुको अभियान रहेको सापकोटाले बताए । फोनपेको टार्गेट भनेको विदेशिने पैसालाई पनि सकेसम्म स्वदेशमै चालु गराउने हो । अहिलेकै अवस्थामा पनि फोनपेले करिब २० देखि २५ प्रतिशत रकम बचत गरेको उनको दाबी छ ।

-कम्पनीकाे लक्ष्य
अहिलेको २ लाख ५० हजार मर्चेन्टलाई आगामी वर्षमा ५ लाख पुर्याउने र दैनिक २० हजार वटा कारोबार लाई एक लाख पुर्याउने

रणनीति तथा योजना

फोनपेको रणनीति भनेको क्युआर पेमेन्टलाई प्रमोट गर्ने हो । मर्चेन्ट बेस्डमा जाने हो । अहिलेको २ लाख ५० हजार मर्चेन्टलाई आगामी वर्षमा ५ लाख पुर्याउने प्रमुख लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

अर्को, दिनमा अहिले जुन २० हजार वटा कारोबार छ त्यसलाई एक लाख पुर्याउने लक्ष्य रहेको सापकोटाले बताए ।

‘मान्छेले सामान्य कारोबार कहाँ कहाँ गर्छ त्यस्ता त्यस्ता पकेटलाई पहिचान गरेर त्यो पकेटमा हाम्रो टार्गेट हो’

त्यस्तै, कुनै पनि मान्छेले बिहानदेखि बेलुकासम्म कुनै पनि सेवा लिन्छ भने त्यो सबै प्रविधिमैत्री अर्थात डिजिटल हुनुपर्छ भन्ने हो । कुनै पनि व्यक्तिले दिनमा कम्तिमा पनि ३ वा ४ पटकसम्म क्युआरबाट पेमेन्ट गर्ने अवस्था आउने सापकोटाले बताए ।

‘मान्छेले सामान्य कारोबार कहाँ कहाँ गर्छ त्यस्ता त्यस्ता पकेटलाई पहिचान गरेर त्यो पकेटमा हाम्रो टार्गेट हो । जस्तै, अहिले तरकारी पसल । हाम्रो लिएको टार्गेट राम्रै छ, जुन हामीले हासिल गर्छौं भन्नेमा विश्वस्त छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.