तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, ८७ हजार ५०० रुपैयाँमा काराेबार

  २०७७ फागुन १९ गते १२:३४     विकासन्युज


काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार एक हजार सात सय रुपैयाँले घटेको सुनको मूल्य आज(फागुन १९ गते) भने ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोबार भएकामा आज भने तोलामा ८७ हजार ५० रुपैयाँमूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा मङ्गलबार कारोबार भएकामा आज बुधबारका लागि भने एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.