नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते

  २०७७ फागुन १८ गते २०:३८     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने र त्यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

देशभरका सबै खाले साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका लागि काम गर्दै आएको दावी गर्दै महासंघले आगामी दिन पनि प्रभावकारी भूमिका खेल्ने उनले बताए ।

कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन होस या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निभाएको उनको भनाई छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ’ उनले भने–‘आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि यस महासंघको भूमिका सधै नेतृत्वदायी नै रहनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.