फागुनमा बैंकको विजनेसः निक्षेपभन्दा कर्जा लगानी दोब्बर, यस्ताे छ तथ्यांक

  २०७७ फागुन १७ गते १६:५७     विकासन्युज

काठमाडौं । फागुन महिनाको दोस्रो हप्तासम्म बैंक तथाद वित्तीय संस्थाहरुले कर्जा लगानी र निक्षेप संकलनमा उल्लेख्य सुधार गरेका छन् ।

माघ महिनामा पनि कर्जा प्रवाह र निक्षेप संकलनमा राम्रो विजनेस गरेका बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनामा पनि कर्जा लगानी र निक्षेप संकलन बढाएका हुन् ।

फागुन दोस्रो हप्तासम्म बैंक तथा वित्तीय संस्थाहरुले माघको तुलनामा फागुन दोस्रो सातासम्म ४५ अर्ब कर्जा लगानी र २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले माघ मसान्तसम्म ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फागुन १४ गतेसम्म आइपुग्दा निक्षेप २३ अर्ब रुपैयाँले बढेर ३८ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ४५ अर्ब रुपैयाँ बढेर ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।
फागुन पहिलो सातामा बैंकहरुले ३७ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो समय कोरोना भाइरसको असर कम भएपछि धेरै उद्योग व्यवसाय निरन्तर सञ्चालन हुन थालेका छन् । हाल बजारमा तरलता पनि सन्तुलनमा आउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.