सिटिजन्स बैंकका ग्राहकले सुप्रिम क्याफे एन्ड लाउन्जमा छुट पाउने

  २०७७ फागुन १७ गते १६:५७     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र सुप्रिम क्याफे एन्ड लाउन्ज बार न्यूरोडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्ज बारमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.