नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले गरे पदवहाली

  २०७७ फागुन १७ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले पदवहाली गरेका छन् । कम्पनीको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका बिमल प्रसाद ढकाल र कृष्णराज लामिछानेले फागुन ११ गते पदवहाली गरेका हुन् ।

सञ्चालक समितिमा सर्वसाधारण समूह ‘ख’ का सेयरवालाको प्रतिनिधित्व गर्ने गरि सञ्चालक पदमा निर्वाचित भएका दुई सञ्चालकले फागुन ११ गते बसेको बैठकको अवसरमा पदबहाली गरेका हुन् ।

त्यस्तै, उक्त बैठकले सर्वसाधारण समूह अन्तर्गत सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका प्रकाश मुन्दराले राजिनामा दिएका छन् । उनले २०औं वार्षिक साधारणसभाको मिति पश्चात लागू हुने गरी राजिनामा दिएका हुन् ।

कम्पनीको २०औं वार्षिक साधारणसभा गत माघ २८ गते सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.