बचतकाे बानी बसाल्न नबिल बैंकले ल्यायाे नयाँ भिडियाे, कस्ताे छ ?

  २०७७ फागुन १७ गते १५:४२     विकासन्युज

काठमाडाैं । नबिल बैंकले ग्राहकलाई बचतकाे बानी बसाल्न सिकाउने नयाँ भिडियाे सार्वजनिक गरेकाे छ । सबै किसिमका ग्राहकलाई सुहाउँदो डिपोजिट खाताबारे जानकारी प्रदान गर्नका लागि बैंकले उक्त भिडियो ल्याएको हाे ।

यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ । जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो ।

नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार-चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख-दुःखमा भरपर्दो साथ पाइने यस भिडियो मार्फत् देखाइएको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.