राष्ट्रपतिले गरिन् २३ गतेकाे लागि संसद बैठक आह्वान

  २०७७ फागुन १७ गते १३:२७     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २३ गतेकाे लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । भण्डारीले फागुन २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.