नेपाली सेनाको राजदल गणलाई भूमिगत जल पुनभरण परियोजना हस्तान्तरण

  २०७७ फागुन १७ गते १३:१४     विकासन्युज

काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा एकिकृत शहरी विकास केन्द्रले आकाशे पानी संकलन तथा भूमिगत जल पुनभरण परियोजना नेपाली सेनाको राजदल गणलाई हस्तान्तरण गरेको छ ।

यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुनभरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ ।

ब्यारेकको परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुनभरण इनारहरू निर्माण गरिएका थिए । यी इनारहरू मार्फत सम्भाव्य जल पुनभरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको छ । यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि तिन वटा थिगर ९सिल्ट० हटाउने बेसिनहरूको पनि निर्माण गरिएको थियो । भूमिगत जलको पुनभरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ ।

काठमाडौं उपत्यकामा पानीका प्रमुख स्रोतहरू मध्ये भूमिगत जल एउटा स्रोत हो । घरपरिवारमा रहेका तथा समुदायमा रहेका इनार मार्फत र ढुङ्गे धारा र पानीका मुहानहरू मार्फत भूमिगत जल निकालिन्छ। हरेक मनसुनमा भूमिगत जल छिद्र रहेका माटोको सतह तथा पोखरीहरूमा वर्षाको पानी पस्दा प्राकृतिक रूपमा भूमिगत जल पुनभरण हुन्छ ।

साथै नजिकै रहेका पानी जम्मा हुने स्थलहरू तथा नहरहरूबाट सङ्कलन गरिएको पानीले उल्लेख्य रूपमा प्राकृतिक भूमिगत जल पुनभरण र भूमिगत जलको तह कायम राख्न  योगदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.