पञ्चाङ्ग निर्णयक समितिले भन्यो– २०७८ सालमा ३ वटा दशैं, कसरी भयो यस्तो ?

  २०७७ फागुन १७ गते १२:३७     विकासन्युज

काठमाडौं । आगामी वर्ष अर्थात २०७८ सालमा ३ वटा दशैं परेको छ । पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो अनुसार नै एकै वर्ष ३ वटा दशैं परेको हो ।

सामान्यतः बडादशैं र चैत दशैं गरी वर्षमा २ वटा मात्रै दशैं पर्ने गथ्र्याे । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने चैते दशैं दुईटा परेकोले एकै वर्ष ३ वटा दशैं परेको पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ ।

समितिाक अनुसार वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको छ । समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख भए अनुसार २०७८ को चैत २६ गते शनिबार पनि अर्काे चैत्र शुल्क अष्टमी अर्थात चैते दशैं परेको छ ।

यो वर्ष (२०७७ सालमा) मलमास (अधिकमास) परेकोले अर्काे वर्ष ३ वटा दशैं परेको समितिले जानकारी दिएको छ ।

बडादशैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैं आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ । यस्तै, असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते महानवमी र असोज २९ गते विजयादशमी परेको समितिको भनाई छ ।

कात्तिक कृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि सुरु हुनेछ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.