सोमबार उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?

  २०७७ फागुन १७ गते ११:५९     विकासन्युज

काठमाडौं । सोमबार सुनको मूल्य थोरैले उकालाे लागेको छ । आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुन ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । आइतबार ८७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको सुन ४ सय रुपैयाँले बढेर ८८ हजार २५० पुगेको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.