सिद्धार्थ बैंकले सार्वजनिक गर्यो कर्मचारी सहभागिता कार्यक्रमको नतिजा

  २०७७ फागुन १६ गते २०:५१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । उक्त कार्यक्रमको नतिजा सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोहका बीच सम्पन्न भएको हो ।

कार्यक्रममा बैंकका अधिकाशं कर्मचारीहरुले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका थिए ।

बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारी कर्मचारीको सहभागीतालाई मध्यनजर गर्दै उक्त प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीहरुले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधाहरुमा सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.