अम्बे स्टील्सले नुवाकोटमा सम्पन्न गर्यो डिलर सम्मेलन

  २०७७ फागुन १६ गते २०:३२     विकासन्युज

काठमाडौं । अम्बे स्टील्सले नुवाकोटमा ‘डिलर सम्मेलन २०७७; सम्पन्न गरेको छ । कम्पनीले गत फागुन १४ गते शुक्रबारका दिन उक्त स्थानमा डिलरहरुसँग सम्मेलन गरी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा अम्बे स्टील्सका ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका वरिष्ठि उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य वर्षैंदेखि अम्बे स्टील्सले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।

अम्बे स्टील्सले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पुर्याउँदै आएको छ । यस कम्पनीबाट उत्पादित टि. एम. टि छड अन्तर्राष्ट्रिय गुणस्तरको हाई डुक्टिलिटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसले एफई ५०० छड पनि उत्पादन गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।

सम्मेलनमा उपस्थीत सम्पूर्णलाई सम्बोधन गर्दै अम्बे स्टील्स्का प्रतिनिधिले भने, “यहाँहरुका मिहेनत र ग्राहकसेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गदछौं । हामीहरुले यो उचाई कायम राख्न अझै बढि ग्राहकसेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.