दिव्य सेवा निकेतन र आशिर्वाद सेवा समाज नेपाललाई आरएमडीसीको सहयोग

  २०७७ फागुन १६ गते १८:५०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले दिव्य सेवा निकेतनलाई सहयोग गरेको छ । संस्थाले आज (फागुन १६ गते) आईतवारका दिन काठमाडौंको गोल्फुटार स्थित असहाय बृद्वा आमाहरुलाई आश्रय दिएको दिव्य सेवा निकेतनलाई खाद्यान्न सामाग्री, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरेको हो ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले दिव्य सेवा निकेतनकी संथापक प्रविण दीदीलाई ७० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री तथा लत्ता कपडा र उक्त संस्थाको नाममा ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानु माया भण्डारी र उक्त संस्थाका सचिव दिपक प्रसाद शर्मा लगायत सोही संस्थाका बृद्वा आमाहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, सोहि दिन संस्थाले काठमाडौंको बुढानिलकण्ठ स्थित असहाय वृद्वा आमा तथा वृद्ध बुवाहरुलाई आश्रय दिएको आशिर्वाद सेवा समाज नेपाललाई पनि संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत खाद्यान्न सामाग्री, लत्ता कपडा तथा नगद रकम सहयोग प्रदान गरेको छ ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले आशिर्वाद सेवा समाज नेपालकी अध्यक्ष लिला गुरुङ्गलाई २० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री तथा लत्ता कपडा र उक्त संस्थाको नाममा १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यो संस्था नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योजना पुर्याउँदै आईरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.