मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’: महिला पेवा बचत खाता खोल्दा डेबिट कार्ड नि:शुल्क

  २०७७ फागुन १६ गते १६:३५     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । याे अफर फागुन १६ देखि फागुन २३ गतेसम्म लागु हुने बैंकले जनाएकाे छ ।

यस अफर अन्तर्गत ग्राहकले मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा नि:शुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउनेछन् ।

साथै यस नारी विशेष अफरमा ग्राहकहरुले नि:शुल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्नेछन्  । नारीलाई बचतमा प्रोत्साहन गर्न बैंकले यस्ताे अफर ल्याएको जनाएकाे छ ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेकाे छ ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था बैंकले गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.