सांग्रिला डेभलपमेन्ट बैंकले बोनसको निर्णय २ घण्टा लुकाएको भन्दै नेप्सेले गर्यो कारोबार रोक्का

  २०७७ फागुन १६ गते १४:३५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंकले गत आर्थिक वर्षको लाभांश घोषणाको निर्णय २ घण्टा लुकाएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।

नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले फागुन १६ (आज) गते विहान १०ः३० बजे संचालक समितिको बैठक बसेर ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको पत्र पठाएको थियो । यो लाभांशमा ५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनको लागि थियो ।

तर, बैंक संचालक समितिको निर्णय ढिला गरी दिएको नेप्सेको भनाई छ । आफूलाई बैंकले सोही दिन दिउसो १२ः३४ बजे इमेल मार्फत दिइएको नेप्सेको भनाई छ । यसो गर्दा बैंक संचालक समितिले गरेको निर्णय सेयर कारोबार भइरहेको समयमा २ घण्टा ४ मिनेट लुकाइएको नेप्सेको आरोप छ ।

साथै, के कारणबाट समयमै जानकारी दिन नसकेकाे हाे ? त्यसकाे स्पष्टिकरण तीन दिनभित्र पेश गर्न नेप्सेले आग्रह गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.