इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्सकाे अध्यक्षमा सुशिल तण्डुकार

  २०७७ फागुन १६ गते १४:०१     विकासन्युज

काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न भएकाे आईएई नेपालको तेस्रो साधारण सभाले अध्यक्षमा सुशिल तण्डुकार, उपाध्यक्षमा पवित्र विक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेकाे हाे ।

त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् भने सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास रहेका छन् ।

नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ ।

आईएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.