प्रभु क्यापिटल ‘ट्रिपल नाइन डिम्याट बेनिफिट’ योजना: खाता खोलेपछि ८ वर्षको नविकरण आफैं हुने

  २०७७ फागुन १६ गते १२:१९     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले डिम्याट सेवा अन्तर्गत नयाँ डिम्याट योजना ‘ट्रिपल नाइन डिम्याट बेनिफिट’ योजना ल्याएको छ ।

यही फाल्गुण १६ बाट सञ्चालनमा आउने यस योजना अन्तर्गत ग्राहकले डिम्याट लिँदा मेरो सेयर लगानी निशुल्क, खाता खोलेपछि ९ वर्षसम्म नविकरण गर्नुनपर्ने (८ वर्षको नविकरण आफैं हुने) र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट पाउने छन् ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा ८ देखि ८ बजेसम्म सञ्चालित समयका साथै प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यस योजना अन्तर्गतकाे डिम्याट खाता खोल्न सकिनेछ ।

यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन यस लिंकबाट समेत डिम्याट खाताको आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.