फेरी पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  २०७७ फागुन १६ गते ११:४४     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य फेरी घटेको छ । शुक्रबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन ५ सय रुपैयाँले घटेर ८८ हजार ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । शुक्रबार ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको सुन ५ सय रुपैयाँले घटेर ८७ हजार ८५० पुगेको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.