फागुन १८ गतेदेखि ‘अर्को अर्थ नलागेमा’ मण्डला थिएटरमा

  २०७७ फागुन १६ गते १०:५२     विकासन्युज

काठमाडौं । यही फागुन १८ गतेदेखि नाटक ‘अर्को अर्थ नलागेमा’ मण्डला नाटक घरमा मञ्चन हुने भएको छ । नाटक यही फागुन १८ गते, मंगलबारदेखि चैत ७ गतेसम्म मञ्चन हुने भएकाे हाे ।

उक्त नाटक हरेक शनिबार कान्तिपुर पत्रिकामा छापिँदै आएका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्को अर्थ नलागेमा’का स्तम्भमध्ये १० र ११ वटा स्तम्भहरुलाई जोडेर रुपान्तरण गरिएको नाटकका एक निर्देशक नवीनचन्द्र अर्यालले जानकारी बताए ।

अर्यालको अनुसार नाटक आफुसहित थप ९ जना नयाँ युवन निर्देशक निता राई, सुरज तमू, चन्द्र नेपाली, राज न्यौपाने, जयराम ढकाल, अकिल बजगाईं, आर्जेश रेग्मी, सञ्जीप योगी, निशांश पोखरेलले निर्दशन गरेका हुन् ।

नाटकको संयोजना तथा परिकल्पना लामो समयदेखि रंगकर्म क्षेत्रमा लागेका सुनिल पोख्रेलले गरेका हुन् । नाटकमा संगीत सापकोटा, सब्बु गुरुङ, देविशा लामिछाने, उत्तमराज पाण्डेय, आनन्द महत, मौसम खड्का, विशाल देवकोटा लगायतका ‘ज्ञ’ थिएटरका कलाकारको अभिनय रहने छ ।

नाटक हरेक दिन साँझ ५:३० बजे र शनिबार भने दिउँसो १ बजेपनि मञ्चन हुने आर्यलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.