मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा फिल्ड सहायक कर्मचारीलाई २ दिने तालिम

  २०७७ फागुन १६ गते ९:३८     विकासन्युज

काठमाडौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तियले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम तालीम दिएको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार नुवाकोट र मनमैजु काठमाडौंका सम्पूर्ण फिल्डका कर्मचारीहरुको सहभागी थिए । सो अनुगमन कार्यालय बट्टार अन्तर्गत तीन जिल्लाका ८ शाखा कार्यालय र मनमैजु अन्तर्गत ८ जिल्लाका १२ शाखा कार्यालयका ५४ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो ।

सहभागीहरुलाई भुमि व्यवस्थापन तालिम केन्द्रका निर्देशक लेखनाथ दाहाल, काठमाडौं तालिम केन्द्रका प्रबन्धक राज बहादुर गिरी, संस्थाका तालिम बिभाग प्रमुख उमेश मान डङ्गोलले तालिम दिएका थिए ।

यस्ता तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.