छिमेक लघुवित्तको किस्ता र बचत रकम इसेवाबाटै तिर्न सकिने, गभर्नरले गरे उद्घाटन

  २०७७ फागुन १५ गते १६:०६     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले इसेवा मार्फत किस्ता र बचत रकम तिर्न सक्ने सेवा सुरु गरेकाे छ । संस्थाले क्युआर कोड सहितको परिचय पत्र उपलब्ध गराई त्यसकाे प्रयाेग गरी इसेवा मार्फत किस्ता र बचत रकम तिर्न सक्ने सेवा सुरु गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सेवाकाे सुरुवात गरेका थिए । यस्तै प्रभावकारी ढङ्गबाट दूर दराजमा रहेका गाउँगाउँसम्म वित्तीय पहूँच पु¥याउँनको लागि संस्थाले प्रविधि मैत्री घुम्ती सवारी साधन सञ्चालन ल्याएकाे छ ।

यस वित्तीय संस्था २०५८ साल देखि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत पत्र प्राप्त गरी नेपालका ६७ वटा जिल्लामा १३७ वटा शाखा तथा ६० वटा डिजिटल प्वाईन्ट कार्यालयहरु मार्फत करिव ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पु¥याउँदै हाल नेपालको लघुवित्त क्षेत्रमा एक अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.