फागुन २४ देखी २६ सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ हुँदै

  २०७७ फागुन १५ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालन हुने भएको छ । उक्त ट्रेड फेयर  ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा हुने नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

अध्यक्ष श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रवर्दन गर्ने रहेको बताउँदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने दाबी गरिन् ।

उनले कोभिड-१९ बाट बढी जसो महिला उद्यमीहरु प्रभावित बनेको उल्लेख गर्दै नेपालमा महिला उद्यमशीलताको विकासका लागि नेपाल महिला चेम्बरले सक्रियता बढाउदै लगेको पनि जानकारी दिइन् ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका महानिर्देशक कैलाशकुमार बजिमयले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरको संयुक्त आयोजनामा हुन गईरहेको उक्त मेलाले देशको आर्थिक गतिविधीलाई चलायमान गराउन केही हद राहत हुने बताए

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.