प्रोग्रेशिभ फाइनान्स २६औं बर्षमा प्रवेश, थप परिस्कृत भएर काम गर्ने प्रतिवद्धता

  २०७७ फागुन १४ गते १७:१७     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो कारोबार सुभारम्भको २५औं वर्ष पुरागरि २६ औंबर्षमाप्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिष्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचानगरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने जनाएको छ ।

लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरुमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापी रुपमा बैंकिङ्ग पहुुँचबाट बन्चित रहेकानिम्नतथामध्यमवर्गिय परिवार समक्षवित्तीय सेवा पु¥याउने उद्देश्यका साथफाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले बताए ।

२०७६ बैसाख १५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको वित्तकम्पनीलाई निर्धारण भएको चुुक्ता पूूँजी ८० करोड रुपैयाँ पु¥याए पश्चात यस संस्थाले नयाँ गति लिएको हो । आधुनिक प्रविधियुक्त बैंकिङ, शाखा सञ्जाल विस्तार, व्यवसायिक क्षमता अभिवृद्धि जस्ता कारणहरुले यस प्रोग्रेशिभ फाइनान्सले आफ्नो वित्तीय स्वास्थ्य सुधार गरिरहेको बैककाअध्यक्षकिशोर कुमार महर्जनले जानकारी दिए ।

फाइनान्सले हालसम्म १० वटा शाखाकार्यालय तथा ४ वटा एक्सटेन्सनकार्यालयहरुबाट आधुुनिक बैंकिङ्ग सेवाप्रदानगर्दै आईरहेको र अन्य ४ वटा शाखाहरु बिस्तारको अन्तिम चरणमा रहेकोप्रमुखकार्यकारी अधिकृत विशालहुमागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.