सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नविकरण, उपचार खर्च तिर्न नसक्ने महिलालाई २० हजारसम्म सहयोग

  २०७७ फागुन १४ गते १५:५९     विकासन्युज

काठमाडाैं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नविकरण गरिएको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनविकरण गरिएको छ ।

सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पताल सँग यो सम्झौता पुनःनवीकरण गरेको हो ।

सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरेका हुन् ।

बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए । सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा एटिएम संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.