नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव, १ खर्ब ६९ अर्बको निक्षेप संकलन गर्न सफल

  २०७७ फागुन १४ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज(फागुन १४ गते) आफ्नो स्थापनाको ३५औं वार्षिकाेत्सव मनाएकाे छ । यस अवसरमा बैंकले  “सम्मान र्याली”को आयोजना गरेको छ ।

कोभिड-१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्येबद्धता प्रकट गर्नका लागि उक्त र्यालीको आयोजना गरेको हाे । यसबाहेक, बैंकले स्वास्थ्यकर्मीको लागि उचित ब्याजदर प्रबर्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ ।

यो अवधिसम्ममा बैंकले ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

याे अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहक गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पुर्याईसकेका छन् । त्यस्तै, १६९ अर्ब रुपैयाँको निक्षेप संकलन तथा १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको छ ।

बैंकले ५ अर्ब रुपैयाँभन्दा बढीको देशभरी वित्तीय आवश्यता बढी रहेका ३० हजार भन्दा बढी व्यक्तिलाई सिधै लघु कर्जा उपलब्ध गराएको छ ।

बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई कमर्श (ई-कम)/अनलाइन भुक्तानी र एसएमई/खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ । यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक “हाम्रोे सुख-दुःखका साथी, बैंक कति जाती” नामक पुस्तक पनि सार्वजनिक गरेको छ । यो पहल अन्तर्गत “चिडियाखानाको भ्रमण” र “बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,” शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन्, यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.