९० लाख रुपैयाँ लागतमा तारकेश्वर-१० को नयाँ भवन बन्ने

  २०७७ फागुन १४ गते १२:४५     विकासन्युज

काठमाडौं । तारकेश्वर नगरपालिका-१० को नयाँ भवन बन्ने भएको छ । आगामी एक वर्षभित्र वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नगरपालिकाको रु ७० लाख र सङ्घीय सांसद कोषको २० लाख गरी ९० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिबाट भवन निर्माण हुने वडाध्यक्ष अमृत थापाले जानकारी दिए ।

“नयाँ बन्ने भवनमा पहिलो तलामा १० श्ययाको शहरी स्वास्थ्य केन्द्र, दोस्रो तलामा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ”, उनले भने ।

स्थानीय उपभोक्ताले मनमैजुको पुरानो संस्कृति पहिचान झल्कने गरी भवन बनाउन आग्रह गरेका छन् । भवन अन्य वडाका भन्दा फरक ऐतिहासिक मौलिकता पहिचान झल्कने खालको हुने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.