३१ सहसचिवको सरुवा, राजश्व अनुसन्धानबाट हटाइए मैनाली, काे कहाँ ?

  २०७७ फागुन १३ गते १८:०४     विकासन्युज

काठमाडौं । सरकारले विभिन्न ३१ जना सहसचिवलाई सरुवा गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

सरकारले राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली,सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराई, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र यातायात विभागका महानिर्देशक गोगनबहादुर हमालसहित ३१ सहसचिवको सरुवा एवं पदस्थापन गरेको हो ।

दीर्घराज मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयमा खगेन्द्रप्रसाद रिजाललाई ल्याइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

को कहाँ सरुवा भए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.