मन्जुश्री फाईनान्सले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा

  २०७७ फागुन १३ गते १७:१६     विकासन्युज

काठमाडौं । मन्जुश्री फाईनान्सले क्युआर कोड भुक्तानी सेवा शुरु गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फाईनान्सले फागुन १३ गते बिहीबारबाट उक्त सेवा शुरु गरेको हो ।

यसै सिलशिलामा मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ बानेश्वर स्थित ‘जय बाराही ट्रेडर्स’ लाई प्रदान गरेको छ ।

ग्राहकको सुविधाको लागी स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी ग्राहकले आफ्नो मोबाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेकनै एक लाख रुपैयाँसम्मको भुक्तानी लिन सक्नेछन् ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोबाइल बैंकिङ्ग, एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.