‘निफ्राको सेयरलाई हतियार बनाएर खेलवाड गरियो, दैनिक करोडौंको क्षति व्यहोर्नु पर्छ’

  २०७७ फागुन १२ गते २०:४५     विकासन्युज

काठमाडाैं । बुधबारकाे सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरलाई हतियार बनाएर खेलवाड गरिएकाे लगानीकर्ताकाे आराेप रहेकाे छ । लगानीकर्ता सम्वद्ध विभिन्न ५ वटा संघ संघठनले  बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबारकाे काराेबारमा अचानक निफ्राकाे सेयरलाई हतियार बनाएर परिसूचक र लगानीकर्ताको मनोविज्ञानमा खेलवाड गरिएकाे आराेप लगाएका हुन् ।

बुधबार निफ्राको सेयरको कारोबारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसूचकमा पारेको नकारात्मक परिणाम देखिएकाेले पुँजीबजार सञ्चालक निकायप्रति लगानीकर्ताकाे विश्वसनीयतामा गुमेकाे छ । र, लगानीकर्ताकाे लगानी तथा सम्पत्ति असुरक्षित भएकाे उनीहरूकाे भनाइ छ ।

‘२०७५ सालमा  सञ्चालनमा आएको अनलाईन प्रणालीमा सुरूवाती दिन देखिनै देखापरेका समस्याहरू समाधान हुनुको साटो झन झन विकराल रूप लिंदै आज २०७७ साल फागुन १२ गते निफ्राको सेयरको कारोवारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसूचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानीकर्ताको मनोविज्ञान र राष्ट्रको एक मात्र पुँजीबजार सञ्चालक निकाय प्रतिको लगानिकर्ताको विश्वसनीयतामा नराम्रो धक्का लागेको र हाम्रो (सम्पत्ति) सेयरको असुरक्षा भएको व्यहोरा सम्वन्धित निकायमा जानकारी गराउन चाहान्छौं’, नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूह गरि ५ वटै संस्थाका अध्यक्षले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएकाे छ ।

बुधबार निफ्राकाे काराेबारमा के भएकाे थियाे ? 

पुँजीबजारमा भर्खर सर्वसाधारण जनताको चासो र विश्वास बढ्दै गरेको, देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको परिप्रेक्षमा आज अचानक लगानीकर्ताकाे मनाेविज्ञानसँग खेलवाड गरिएकाे भन्दै उनीहरूले आक्राेश पाेखेका छन् ।

लगानीकर्ताकाे मनाेविज्ञानसँग खेलवाड गर्ने जो कोही पनि व्यक्ति, संस्था वा निकायहरूको यस्ता अवान्छित गतिविधिलाई लगानीकर्ताले कति समयसम्म सहेर बस्ने हो ? यस्ता मनोवृत्ति र घटनाहरूको नदोहोरिने कुराको प्रत्याभूति सम्बन्धित निकायबाट लगानीकर्ताले कहिले गर्न पाउने हो ? जस्ता प्रश्नकाे उत्तर यथासिघ्र सम्बोधन र समस्याको समाधान गर्न लगानीकर्ताले सम्बन्धित निकायलाई विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

स्थगित भएको निफ्राको सेयर कारोबार पुनः शुरु, मूल्य ९.९३ प्रतिशतले घट्यो

‘नेपालको पुँजीबजार सञ्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्थाबाट यस क्षेत्रलाई गैर जिम्मेवारी पुर्वक सञ्चालन गर्दै आएका र हामीले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित भएर पुँजीबजार सञ्चालन गरिरहेका छन् भन्ने बुधबारको सेयर कारोबार गर्ने नेपालको पुँजीबजारमा उत्पन्न भएको परिघटनाले पुनः पुष्टि गरेको छ । हामी पुँजीबजारमा कारोबार गर्ने लगानीकर्ताहरूको हक हितको लागि खोलिएका संघ संगठनहरूले बारम्बार गुनासो गर्दै आएको टीएमएस, नेप्सेकाे वेवसाइटको समस्या, मेराे सेयरको समस्या त्यसमा पनि अनलाईन कारोबार गर्दा लगानिकर्ताका कुनै पनि कमिकमजोरी नहुँदा नहुँदै पनि झेल्नु परेको विभिन्न समस्या मध्ये  इडीआइएसको मुख्य समस्याले गर्दा क्लाेज आउटमा परेर दैनिक करोडौंको क्षति व्यहोर्नु परेको छ ।’

देशको अर्थतन्त्रको ऐना मानिने नेपालकाे पुँजीबजारमा ३५ खर्ब रूपैयाँ भन्दा माथी पुँजीकरण रहेकेा छ । साथै, सीडीएससीकाे तथ्याङ्क अनुसार फागुन १२ गतेसम्ममा २९ लाख २५ हजार ८ सय ९७ ले हितग्राही खाता (डिम्याट खाता) मार्फत कारोबार गरिरहेका छन् । त्यस्तै, सक्रिय लगानिकर्ताहरू साढे ५ लाख बढी पुगिसेकेकाे नेप्सेले जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.