प्रधानमन्त्रीकाे राजीनामाबारे विभिन्न दलसँंगकाे छलफलपछि मात्र निष्कर्ष निकालिने

  २०७७ फागुन १२ गते १७:२९     विकासन्युज

काठमाडाैं । परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनाबारे विभिन्न दलसँंग छलफल पछि मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने जानकारी दिए । उनले मुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो आवश्यक परामर्शपछि गर्ने बताए ।

“२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसद्मा प्रधानमन्त्रीका लागि चुनाव गर्नुप¥यो,” उनले भने,“मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन । त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रष्ट नपारिकन जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।”

प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेकोसमेत बताए । उनले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरुको प्रयास रहेको बताए । एकताको आधार सही विचार, नेतृत्व र सिद्धान्त भएको उनको भनाइ थियो । पार्टी स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.