आरम्भ चौतारी लघुवित्तले बोनस सेयर वितरण गर्ने

  २०७७ फागुन १२ गते १४:०७     विकासन्युज

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

फागुन १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको छ । ८.८५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २८ करोड ६७ लाख रुपैयाँ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.