प्रतिनिधिसभा पुनर्स्थापनालाई नेप्सेको लाल सलाम

  २०७७ फागुन १२ गते १२:०१     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको सेयर बजार राताम्मे देखिएको छ । बुधबार कारोबार शुरु भएको केहि समयमै नेप्से ओरालो तर्फ मोडिएको छ ।

बजार खुलेको करिब ४८ मिनेटको अवधिमा परिसूचक ७६ अंकले घटेर २५१० बिन्दुमा झरेको छ । जबकी कारोबार शुरु भएको १७ मिनेटमै परिसूचक ८४ बिन्दुले घटेर २५०५ बिन्दुसम्म पुगेको थियो । तर त्यसपछिकाे काराेबारमा बजार अलि सम्हालिँदै गएकाे छ ।

यो समाचार तयार पार्दासम्म बजारमा एक अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । सो अवधिसम्म १९० कम्पनीको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.