सरकार सचिवले भनेः अधिनायकत्व परास्त

  २०७७ फागुन ११ गते १९:०१     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा पुर्स्थापना पछि नेपाल सरकार सचिव गोपिनाथ मैनालीले सरकारको अधिनायकत्व परास्त भएको बताएका छन् ।

सर्वोच्चको निर्णयपछि सामाजिक सञ्जाल ट्वीटरमा लेखेका उनले लेखेका छन्, ‘सर्वोच्च न्यायलयप्रति नमन । शाहीकालमा जस्तै जनता र लोकतन्त्रका विषयमा निर्णय गरी संविधान र व्यवस्थाको संरक्षण भयो । ऐतिहासिक निर्णय । अधिनायकत्वको परास्त ।’

उनी अहिले उपराष्ट्रपतिको कार्यालयमा छन् ।संसद् विघटनको निर्णय गरेर आफैँ काम चलाउ भूमिकामा पुगेको केपी शर्मा ओली नेतृत्वको सरकारले पटक–पटक सरुवा बढुवा गर्दै आएको थियो । उनी पछिल्लो २ वर्षमा ५ पटक सरुवामा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.