फेसबुकले अस्ट्रेलियामा समाचारमा लगाएको प्रतिबन्ध हटायो

  २०७७ फागुन ११ गते १८:०८     विकासन्युज

एजेन्सी । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरूले समाचार सेयर गर्न पाउने भएका छन् । सोमबार अस्ट्रेलिया सरकारसँग फेसबुकको सम्झौता भएपछि प्रयोगकर्ताहरूले फेसबुकमा समाचार सेयर गर्न पाउने भएका हुन् ।

यो सँगै अस्ट्रेलियामा फेसबुकले लगाएको न्युज फिडमाथिको प्रतिबन्ध फुकुवा भएको वासिङटन पोस्टले लेखेको छ । अस्ट्रेलिया सरकारले ल्याएको नयाँ नितीप्रति असहमति जनाउँदै फेसबुकले गत सातादेखि सेयर गर्ने सेवा बन्द गरेको थियो । सोमबार भएको सम्झौतामा दुबैले मध्यमार्गि बाटो रोजेका हुन् ।
अष्ट्रेलियाको सरकारसँग छलफलपछि हामी प्रकाशकलाई सहयोग गर्ने समझदारीमा पुगेका छौं । त्यसमा साना तथा ठूला प्रकाशकहरु पनि समाबेश हुनेछन् । फेसबुकका क्याम्पबेल ब्रोनले भनेका छन् ।

गुगल तथा फेसबुकले समाचार सामग्री प्रयोग गरेबापत निश्चित रकम तिर्नुपर्ने मुद्दा अष्ट्रेलियाको सिनेटमा विचाराधीन छ । अष्ट्रेलियाको कानुनमा सहमति जनाएर गुगलले निश्चित रकम तिर्न तयार रहे पनि फेसबुक भने पछि हटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.